एक पटक सबैले थाहापाई राखौ बेलुकाको खाना कति बजे खाएकाे राम्रो ?
बेलुकाको खाना कति बजे खानुहुन्छ ? ७ बजे, ८ बजे ? वा त्यो भन्दा पनि ढिलो रु एक अनुसन्धानले ढिलो खानु स्वास्थ्यका लागि वेफाइदा हुने निस्कर्ष निकालेको छ।अटोनोनस यूनिभर्सीटी अफ चिलेका अनुसन्धानकर्ता भन्छन्, बेलुका ८ बजेपछि नियमित खाना खाने बानीले मोटोपनालाई बढावा दिन्छ। अनुसन्धानकर्ताहरुले ५ हजार ५ सय जनामा अनुसन्धान गरेका थिए।
सो अनुसन्धानबाट चाँडो खाना खाने व्यक्तिहरु भन्दा बेलुकामा ८ बजेपछि खाना खाने व्यक्तिको कम्मरको नाप लिँदा दुई इन्च बढी पाइएको बताइएको छ। बेलुकाको समय बढी खाना खानु मोटोपनको एक कारण हो,’ डा लोपेजले भनिन्। उनले दिउसोको समयमा शरीरमा बढी भोक लाग्ने इन्जाइम र हर्मोन पैदा हुने भएकोले बिहान र दिउँसोको समयमा प्रशस्त खाना खानु राम्रो हुने बताइन्।
साथै उनले बेलुकाको समयमा कम गर्नु उपयुक्त स्वास्थ्यका लागि लाभदायी दावी गरिन्।
अनुसन्धानकर्ता डा लोपेज भन्छिन्, ‘बेलुका सुत्ने समय नजिकिदै गर्दा शरीरको हरेक प्रक्रिया ढिलो हुनुपर्छ र यहि कारणले खाएको खाना पचाउन र शक्तिमा परिणत गर्न पनि बढी समय लाग्छ।’ उनीहरुले मोटोपनाको अर्कोकारण बेलुकाको समयमा बढी खाना खानु पनि रहेको बताएका छन्।


0 comments
Write Down Your Responses