पोखरामा जन्मियो करिब ६ किलो सम्मको बच्चा हेर्नुहोस भिडियो सहित कत्रो छ बच्चा

ओएस नेपाल, पोखरा, असार १८ । पोखरामा एक महिलाले ५ किलो ७ सय ५० ग्राम तौल भएको शिशु जन्माएकी छिन् । स्याङ्जा एलादी १ घर भइ हाल पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीय लक्ष्मी गुरुङ्गले ५.७५ किलोग्रामको छोरा जन्माएकी हुन् ।
 शुक्रबार साँझ ५ बजेर ४६ मिनेटमा रानीपौवा स्थित साइ अर्चना हस्पिटलमा शल्यक्रिया गरि निकालिएको शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको चिकित्सकले बताएका छन् । लक्ष्मीका श्रीमान् होम बहादुर गुरुङ्गका अनुसार उनीहरुको यो दोस्रो सन्तान हो । धेरै तौल भएको शिशु जन्मिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रेफर गरिएको शिशुलाई अहिले एनआइसियुमा राखिएको अस्पतालका डा. रामचन्द्र बास्तोलाले जानकारी दिए । यति धेरै तोल भएको बच्चा जन्मिएको नेपालमा सम्भवत : यो पहिलो भएको डा. बास्तोलाले बताए ।baby उनका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको छ । 
‘मैलै थाहा पाएसम्म नेपालमा हालसम्म यति धेरै तौल भएको बच्चा जन्मिएको छैन ‘ डा बास्तोलाले भने । विगत ३ वर्ष देखि पोखरामा बस्दै आएका होम बहादुर र लक्ष्मीको २ वर्षको छोरी पनि रहेकी छिन् । होम बहादुरले पोखरामा ट्याक्सी चलाउदै आएका छन् । एक महिनाअघि भारतमा ६ किलो ८ सय ग्रामको बच्चा जन्मिएको थियो । भिडियो हेर्नुहोस ।

, ,

0 comments

Write Down Your Responses