अविवाहित रहेको भनेर झुक्याई प्रेममा फसाएपछि प्रेमीबाटै यसरी हत्या हेर्नुस भिडियो सहित
काठमाडाैँ : बहिनीको होटेलमा शव भेटिएको खबर पाएलगत्तै रसिला घर्तीमगरलाई गत २६ असारको बिहान एउटा नयाँ नम्बरबाट फोन आयो । ‘दिदी म हेम बोलेको, रीताको फोन पनि लाग्दैन, कहाँ गएको हो ऊ ?’ चितवनको नारायणगढ बसपार्कस्थित होटेल कलशको २०१ नम्बर कोठामा रीताको शव भेटिएको थियो । सलले घाँटी बेरिएको अवस्थामा उनको शव भेटिएकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीको खोजीमा उनै हेम थिए ।
उनी आफैँ रीता हराएको भनेर दिदीलाई फोन गर्दै थिए । उनै हेमले होटेलमा रीताको हत्या गरेर भागेका थिए । तर, घटनाबारे थाहा नभएको नाटक गरेर दिदीलाई फोन गरेका थिए ।उनको नाटक २४ घन्टा पनि टिक्न सकेन । सोही दिन बेलुका नै प्रहरीले उनलाई धादिङबेँसीको लजबाट पक्राउ ग-यो । आफू अविवाहित रहेको भनेर झुक्याई प्रेममा फसाएको आरोपमा हेमले विष खुवाएर रीताको हत्या गरेका हुन् । ‘हत्यापछि मुग्लिङमा गई पुरानो सिम फालेर नया“ सिमकार्ड लिएका थिए,’ जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवर भन्छन्, ‘आफूमाथि शंका नहोस् भनेर उनले मुग्लिङमा पुगेपछि रीताकी दिदीलाई फोन गरेका हुन् ।’
श्रीमान् वैदेशिक रोजगारमा
लमजुङको बाहुनडाँडा घर भई चितवनको भरतपुर बस्ने ३० वर्षीया रीताका १० वर्षका छोरा छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन् ।
लमजुङको खुदी माइती भएकी उनको १३ वर्षअगाडि भक्तबहादुर भुजेलसँग प्रेम विवाह भएको थियो । श्रीमान् विदेशमा रहेका वेला करिब ६ महिनाअघि ‘भर्चुअल’ दुनियाँमा उनको हेमसँग चिनजान भयो । निःशुल्क विदेशमा फोन गर्न मिल्ने इमोमार्फत उनीहरूबीचको निकटता बढ्यो । दुवैले एक–अर्का अविवाहित रहेको बताए । बिहे गरेर जापान जाने योजना बनाए । सोहीअनुसार हेम गत महिना नेपाल फर्किएका थिए ।पासपोर्ट बनाउन तथा अन्य प्रक्रियाका लागि भनेर उनले रीतालाई एक लाख १० हजार रुपैयाँसमेत पठाएका थिए । तर, रीताकी दिदीसँग भेटेपछि मात्र उनी विवाहित भएको र १० वर्षको छोरासमेत रहेको थाहा पाए ।
विवाहित भन्ने थाहा पाएपछि विवाद
त्यसपछि उनीहरूबीच मनमुटाव बढ्यो । विदेशबाट फर्किएपछि उनीहरू पाँचपटक चितवनको होटलमा बसिसकेका थिए ।
तर, बच्चासमेत रहेको थाहा पाएपछि हेमबहादुर छाँगाबाट खसेजस्तो भए । उनले खर्चका लागि भनेर दिएको पैसा मागे, तर उनले दिन मानिनन् । उनीहरूबीच झन् विवाद बढ्दै गयो ।‘विवाद बढेपछि ऊ डिप्रेसनमा प-यो,’ एसपी कुँवर भन्छन्, ‘त्यसपछि रीतालाई हत्या गर्ने उद्देश्यले काठमाडौंदेखि नै विष किनेर ल्याएको देखिन्छ ।’ उनी २५ असार दिउँसो काठमाडौंबाट नारायणगढको उक्त होटेलमा गएर बसेका थिए । सोही दिन रीता होटेलमा आएकी थिइन् । साँझ उनी घर फर्किइन्, हेमबहादुर होटेलमै बसे । सो दिन उनीहरूबीच झगडासमेत भएको थियो । रीताले हेमबहादुरको मोबाइलसमेत फुटाइदिएकी थिइन् ।
भोलिपल्ट दिउँसो फेरि रीता होटेलमा आइन् । त्यो दिन पनि उनीहरूबीच विवाद बल्झियो ।
रीताले पानी पिउन मागिन् । उनले पानी दिए । त्यही पानी पिउँदा रीताको मृत्यु भयो । किनकि काठमाडौंबाट ल्याएको विष त्यही पानीमा मिसाएका थिए ।पानी पिएर बाथरुम गएकी रीता बेहोस भएर ढलिन् । उनलाई बेडमा ल्याएर उनले सलले घाँटी थिचेर मारे र होटेलबाट निस्किए । होटेलका कर्मचारीले बेलुका ढोका ढक–ढक गर्दा नखुलेपछि खोलेर हेर्दा खाटमा युवती मृत अवस्थामा भेटिएकी हुन् । त्यसपछि प्रहरी आएर घटनाको अनुसन्धान थाल्यो ।धादिङको गुम्दी घर भएका मगर पनि विवाहित व्यक्ति हुन् । तर, श्रीमती आँखा नदेख्ने भएकाले उनी वैवाहिक जीवनदेखि खुसी थिएनन् । सोहीकारण रीतासँग बिहे गरेर जापान जान चाहन्थे । तर, रीताले झुक्याएर धोका दिएपछि प्रतिशोध लिन हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
हत्याको मुख्य कारण वैदेशिक रोजगारी
‘बिहान फोनमा बहिनीले दिदी किस्ता तिर्नु छ, पाँच हजार चाहियो भनेकी थिइन्,’ मृतककी दिदी रसिना घर्तीमगर भन्छिन्, ‘मैले पैसा छैन भनेपछि उसले फोन नै काटेकी थिई, छिमेकमा बजार जानु छ भनेर गएकी रहिछ ।’ रसिला र रीता सँगै बस्थे ।
साँझ फोन गर्दा पनि नउठेको र एक्लै खाना खाएर सुतेको उनले बताइन् । विदेशबाट श्रीमान्ले पठाएको पैसाले घर बनाउनसमेत थालेकी थिइन् । घटनाको मुख्य कारण वैदेशिक रोजगारबाटै सुरु भएको प्रहरी अधिकारी बताउँछन् । यदि रीताका श्रीमान् वैदेशिक रोजगारीमा नभएको भए रीताको हेमसँग सम्बन्ध हुने थिएन । ‘वैदेशिक रोजगारीले निम्त्याएका समस्या धेरै छन्,’ चितवनका एसपी कुँवर भन्छन्, ‘वैदेशिक रोजगारीले ठूलो सामाजिक समस्या निम्त्याएको छ ।’
यसरी पक्राउ परे हेम
होटेलका कर्मचारीको बयानका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । होटेलको कोठा हेम थापामगरको नाममा बुक गरिएको थियो । होटल बुक गर्न उनले लिंकन कलेजको आइडन्टी कार्ड प्रयोग गरेका थिए ।उनी भागेकाले उनले नै हत्या गरेर भागेको आधारमा प्रहरीले अनुसन्धान अघि बढायो । तर, उनको मोबाइल अफ भइसकेको थियो । उनी भाग्नसक्ने सम्भावित ठाउँको खोजी प्रहरीले सुरु ग-यो । भोलिपल्ट बिहान रीताकी दिदीलाई हेमले नयाँ नम्बरबाट फोन गरेकाले प्रहरीले सोही नम्बरका आधारमा उनको पिछा ग-यो ।
उनी धादिङमै रहेको मोबाइलको प्राविधिक विश्लेषण खुल्यो । तर, कुन ठाउँ भन्ने प्रष्ट भएन । त्यसपछि प्रहरीले उक्त सिमकार्ड बेच्ने पसलमा गयो । हेमका काका पर्ने व्यक्तिले उक्त सिम कार्ड लिइदिएका थिए । प्रहरीले पसलेका आधारमा ती व्यक्तिलाई पक्राउ गरी खोजी सुरु गर्दा उनी धादिङबेँसीको अधिकारी गेस्ट हाउस एन्ड लजबाट पक्राउ परे । डिएसपी दीपक श्रेष्ठ नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । नयापेजबाट


0 comments
Write Down Your Responses