आफ्नो छाेराकाे हत्यारालार्इ कार्वाहीकाे माग गर्दा गर्दै अाफ्नै ज्यान जाेखिममा अझै पनि न्यायको आशामा यी गङ्गामाया हेर्नुस भिडियो सहित
काठमाडौँ। न्यायकैलागि पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारी अझै पनि न्याय पाउने आशामा हुनुहुन्छ । अठारौँ अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनशनरत गङ्गामायाले वीर अस्पतालको आफ्नो ७ नम्बरको क्याविनबाट आफू न्यायको आशामा अझै रहेको बताउनुभयो । विसं २०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीले आफ्नो कान्छो छोरो कृष्णप्रसादलाई अपहरण गरी हत्या गरेपछि पाँच वर्षअघिदेखि पिता नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले अनशन सुरु गर्नुभएको थियो ।
अनशन सुरु गरेको ३३३ दिनमा नन्दप्रसादको निधन भएपछि गङ्गामायाले एक्लै न्याय खोज्दै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । गङ्गामायाले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अहिले पनि दाहसंस्कार गर्न सकिएको छैन ।
उहाँले भन्नुभयो, “मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मा¥यो, काँग्रेसले श्रीमान्, तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्युपश्चात् निस्कन्छु ।
”
कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एनेकपा माओवादी नेताको विरोध र धम्कीका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।


0 comments
Write Down Your Responses