४१ वर्षपछि फ्रान्सलाई यसरी हराउँदै पोर्चुगल बन्यो युरोपको राजा हेर्नुदस भिडियो सहित

पेरिस आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पराजित गर्दै पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । पोर्चुगलले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जितेको पनि यो पहिलो अवसर हो । निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा एडेरले १०९ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाए ।सन् २००४ को फाइनलमा आफ्नै घरेलु मैदानमा ग्रिससँग स्तब्ध बनेको पोर्चुगलले त्यसको बदला फ्रान्ससँग उसैको मैदानमा लिएको छ । 
आयोजकको रुपमा यो उपाधि जित्ने फ्रान्स पछिल्लो टोली हो । फ्रान्सविरुद्ध पोर्चुगलको इतिहास पनि त्यति राम्रो थिएन । पछिल्ला ४१ वर्षसम्म पोर्चुगलले फ्रान्सलाई हराउन सकेको थिएन भने पछिल्ला १० खेलमा पोर्चुगल पराजित हुँदै आएको थियो । सन् १९७५ को मार्चमा पोर्चुगल पछिल्लो पटक विजयी बनेको थियो ।फाइनलमा पोर्चुगलको शुरुवात भने राम्रो भएन । खेलको शुरुवातदेखि नै फ्रान्सले पोर्चुगलमाथि दबाब राखेको थियो । खेलको आठौं मिनेटमा डिमिट्री पायेटले फल हानेपछि स्टार खेलाडी रोनाल्डो घाइते भए । खेलको २४ औं मिनेटमा उनी खेल छाड्न बाध्य बने । पहिलो हाफमा फ्रान्सले पोर्चुगलमाथि पूरै दबाब राखेको थियो । तर, पाएको अवसरको भने सदुपयोग गर्न सकिरहेको थिएन । 
खेलको दोस्रो हाफमा भने पोर्चुगलले सुधारिएको खेल प्रदर्शन गर्यो । रोनाल्डो बिना पनि बेलाबेला फ्रान्समाथि दबाब बनाइराख्यो । उता, फ्रान्सले भने एक पछि अर्को मौका गुमाइरहेको थियो । फर्ममा रहेका प्रतियोगिताका सर्वाधिक गोलकर्ता एन्टोनी ग्रिजमानले दुई सुन्दर अवसर गुमाए भने ओलिभर जिरुको प्रहारलाई गोलकिपर रुई प्याट्रिसियोले जोगाए । प्याट्रिसियोले फ्रान्सको धेरै प्रयास विफल बनाएका थिए । त्यस्तै पोर्चुगलको नानीको प्रहार पनि ह्युगो लोरिसले उत्कृष्ट बचाऊ गरे । खेलको इन्जुरी समयमा आन्द्र्रे पिएरे जिजानिकको प्रहार पोस्टमा लागेको थियो ।
भाग्यमानी पोर्चुगल फर्नान्डो सान्तोषको टोलीले ७ खेलमा छैटौंपटक निर्धारित समयमा बराबरी गरेर पनि प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । समूह चरणका तिनै खेल बराबरी गरेर तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको पोर्चुगलले अन्तिम १६ मो क्रोएसियालाई अतिरिक्त समयमा हराएको थियो । त्यस्तै, क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा हराएको थियो । पोर्चुगलले निर्धारित समयमा जितेको एक मात्र खेल भनेको सेमिफाइनलमा वेल्सबिरुद्ध थियो ।

, ,

0 comments

Write Down Your Responses