हेर्नुस अचम्म ६ छोरी ४ नातिनातिनी तर छोराको आशामा १९ वर्षकी युवतीसँग बिहे

परम्परागत समाजमा छोरा पाउने आशामा मानिसहरुले के के सम्म गर्न सक्छन् भन्ने उदाहरण भारतका एक व्यक्तिले पेश गरेका छन् ।भारतको कर्नाटकस्थित गंगावती तालुका क्षेत्रमा बस्ने बाशासाव नामका व्यक्तिले छोरा जन्माउनकै लागि ६ जना छोरीहरु तथा ४ जना नातिनातिनी हुँदाहुँदै एक १९ वर्षकी किशोरीलाई पत्नी बनाएर भित्राएका छन् । 
 उनले बिहे गरेकी कान्छी श्रीमती उनकी छोरीको उमेरकी छिन् । अझ रोचक कुरा त के भने आफ्नो श्रीमानलाई छोरीको उमेरकी कान्छी श्रीमती भित्राउनका लागि बाशासाबकी जेठी श्रीमती हुसेनबीले सहयोग गरेकी हुन् । प्रहरीले बाल विवाहको अभियोगमा बाशासाबलाई पक्राउ गरेको छ र यसमा सहयोग गरेको अभियोगमा उनकी जेठी श्रीमतलाई पनि पक्रेको छ ।
 ती किशोरी विहेको लागि राजी नभएपनि बाशासाबले उनका मामालाई २ हजार भारु दिएर दबाबमा पारी २ महिना पहिले नै रायचूर जिल्लाको लिंगासुगुरुमा गोप्य रुपमा बिहे गरेका बताइएको छ । किशोरीका बाबुआमा निकै गरीब थिए र दुइ छोरी मध्ये जेठी छोरीको पहिले नै विवाह भैसकेको थियो ।

,

0 comments

Write Down Your Responses