रोजगारीको शिलशिलामा युएई पुगेका एक नेपाली युवा विमानस्थलमै अलपत्र

युएर्इ रोजगारीको शिलशिलामा युएर्इ अाएका एक युवा युएर्इ स्थित शारजाह बिमानस्थलबाटै अलपत्र परेका छन्। सुनसरी जिल्ला इटहरी उपमहानगर पालिका, ४ निवासी सञ्जय बस्नेत यूएईमा अलपत्र अवस्थामा भेटिएका हुन् ।ओवल म्यानपावर काठमाडौंका समीर गौतमको (नेपाल ९८५१०५००४६) सम्पर्कबाट दुई लाख ३५ हजार रुपैयाँ तिरेर शारजाह विमानस्थल अार्इपुगेका बस्नेत विमानस्थलमा कोहि पनि लिन नअाएपछि अलपत्रमा परेका थिए। उनलार्इ कसैले लिन नआए पछि विमास्थलमा काम गर्ने कामदारहरूको सहयोगमा उनि बाहिरिएका हुन् । 
 शारहजा विमान स्थलबाट बाहिरिए लगतै तनाव र अभावमा यूएर्इको सडक र गल्लीहरूमा ०८२४४४०२ नम्बरको पासपोर्ट साथमा बोकेर दिन रात भोक भोकै गुजारेको समिर बँताउछन्। उनी नेपाल फर्कन चाहन्छन्। तर उनको फर्कने टिकट पनि नक्कली रहेको छ। तिन महिनाको भिजिट भिषामा मे ६ मा युएर्इ प्रबेश गरेका सन्जयको युएर्इ बस्ने समय अबधि सकिन चार दिन मात्रै बाँकी रहेको छ । यो चार दिन भित्र कतै काम नपाउने र नेपाल पनि फर्किन नसक्ने हो भने यूएर्इको कानूनमा कडा सजाय भुक्तान गर्नु पर्ने हुन्छ। उनि भन्छन्, मलार्इ कुनै उपायबाट नेपाल फर्किनमा सहयोग गरिदिनु सबैमा अनुरोध गरेका छन्। 
गौतमलाई काठमाडौंमा सम्पर्क गर्दा सञ्जयलाई फिर्ता गर्नका लागि हवाई टिकेट पठाउन लागेको बताएका छन् । यसरी युएर्इमा भिजिट भिषामा अाएर अलपत्र परेको घटना भने यो पोहिलो हैन। दैनिक सयको हाराहारीमा युएर्इमा भिजिट भिषामा नेपालीहरू बिभिन्न माध्यमहरू अपनाएर अाउने गरेका छन्।

, ,

0 comments

Write Down Your Responses