गुगलले दिलाउनेछ मोबाइल प्रयोगकर्तालाई अनावश्यक फोनकलबाट छुटकारा पुरा हेर्नुस उपाय सहित पुरा हेर्नुस

एन्ड्रोइड अपरेटिंग सिस्टम निर्माता इन्टरनेट कम्पनी गुगलले प्रयोगकर्तालाई अनावश्यक फोनकलबाट छुटकारा दिलाउने योजना बनाएको छ । समाचार अनुसार गुगल फोन एपलाई अपडेट गरेसँगै यो फिचर नेक्सस तथा एन्ड्रोइड फोन प्रयोगकर्तालाई स्पाम कलहरुबाट छुटकारा दिलाउन सहयोगी हुनेछ ।
 गुगलका अनुसार यो स्पाम कलहरुबाट बच्नका लागि बनाइएको नयाँ फिचर हो जसले प्रयोगकर्तालाई कुनैपनि फोनकलका लागि स्वचालित रुपमा चेतावनी दिनेछ र स्पाम कल आउने नम्बरलाई ब्लक पनि गरिदिनेछ । नेक्सस तथा एन्ड्रोइडका प्रयोगकर्ता जसको फोनमा कलर आइडी एक्टिभेट छ र सबैभन्दा पछिल्लो भर्सननको एन्ड्रोइड छ भने उनीहरुलाई यो फिचर प्रयोग गर्न सक्ने बताइउको छ । 
तर नचाहिने कलको पहिचान नै कसरी गर्ने भन्नेमा अन्योल छ गुगललाई । एन्ड्रोइड तथा नेक्सस फोन प्रयोगकर्तालाई जब कुनै स्पाम कल आउनेछ तब उनीहरुको फोनको स्क्रिनमा  लेखेको देख्नुहुनेछ । 
त्यसपछि तपाइँ फोन हिस्ट्रीमा गएर युजर्स स्पाम कल्स भन्ने अप्सनमा जानुाहोस् । त्यहाँ तपाइँले आफुलाई आएका वा गरिएका फोनकलको विवरण प्राप्त सक्नुहुन्छ र अनावश्यक कल आउने नम्बरलाई ब्कलक गर्न सक्नुहुन्छ ।

, , , ,

0 comments

Write Down Your Responses