स्कूलको शुल्क नतिर्दा शिक्षिकाले गरे बुवाको यस्तो बेइज्जत सहन नसकेर छोरीद्वारा आत्महत्या पुरा पढ्नुस

नयाँ दिल्ली । भारतको गजियाबादमा एक स्कूले बालिकाले आफ्नो पिताको अपमान सहन नसकेर आत्महत्या गरेकी छिन् । विद्यालयमा तीन महिनादेखि छोरीको शुल्क जम्मा गर्न नसकेका कारण उक्त विद्यालयका शिक्षकले रतन सिंहको घरमै आएर उनलाई कुटपिट गरी बेइज्जत गरेको स्रोतले बताएको छ । यही घटना सहन नसकेर १४ वर्षीया छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् । सेक्युरिटी गार्ड रतन सिंह श्रीमती रानी र तीन छोरीहरुसँगै गजियाबादमा बस्दै आएका थिए ।
 उनकी मृत छोरी प्रियांशी (ज्यासमिन)ले यसै वर्ष डीएसपी नामको स्कूलबाट आठ कक्षा पास गरेकी थिइन् । स्रोतका अनुसार स्कूलको शुल्क बढेका कारण रतनलले आफ्ना छोरीहरुलाई डीएसपी स्कूलबाट निकालेका थिए र प्रियांशीलाई गुरुनानक स्कूलमा भर्ना गरिदिएका थिए । रतनले डीएसपी स्कूलमा तीन महिनादेखिको ‘फि’ तिर्न सकिरहेका थिएनन् । बुधबार दिउँसो करिब तीन बजे स्कूलका ६ शिक्षक शिक्षिका रतनको घरमा पुगे र बच्चाहरुको अगाडी नै उनलाई अभद्र व्यवहार गर्न सुरु गरे । 
शिक्षिकाले रतनका तीन बालिकालाई समेत कुटपिट गरेको आरोप छ । रतन सिंहले घटनाको विरोध गर्दा शिक्षिकाहरुले पुलिसलाई फोन गरे । पुलिसले दुबै पक्षलाई पुलिस चौकीमा ल्याएको छ । घटना लगत्तै प्रियांशीले कोठामा गएर ग्रीलमा साडीको पासो लगाएर आत्महत्या गरिन् । पुलिसले प्रिन्सिपललगायत ६ शिक्षिका र स्कूल व्यवस्थापन विरुद्ध मुद्दा दर्ता गरेको छ । स्थानीय महिलाले ती शिक्षिकाहरुलाई पुलिसको उपस्थितीमा कुटपिट गरेका थिए ।

, , ,

0 comments

Write Down Your Responses