बाढीमा फसेकालाई यसरी बचायो प्रहरीले हेर्नुस् भिडियो र तस्वीर
७ साउन, भैरहवा । बिहीवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेर बिचल्लीमा परेकाहरुको प्रहरीले उद्धार गरेको छ ।
भैरहवाको पूर्वी क्षेत्र रोहिणी नदीमा पानीको बहाव उच्च भएपछि त्यस वरपरका गाउँहरु डुबानमा परेका छन् । केही घरहरु नदीले बगाएको छ ।
बसन्तपुर गाविस ५ बरतौली गाउँ डुबानमा परेपछि स्थानीयबासी रुखमा चढेर बसेको खबर प्रहरीलाई प्राप्त हुनासाथ टोली परिचालित भएको थियो ।
जिल्लामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देही डिएसपी एवं प्रवक्ता रामेश्वर कार्कीका अनुसार ७० वर्षीय श्यामलाल केवट, सुकेवा केवट, ६० वर्षीय पुर्णवासी केवट, निरकेवल हरिजन, श्याम दुलारी हरिजन, ५५ वर्षीया कौसिला नाउ र ५७ वर्षीय मात्रिका नाउँको सकुशल उद्धार गरिएको हो ।रोहिणी नदीको पानी गाउँमा पसेको र स्थानीय ज्यान जोगाउन रुख चढेको प्रहरीलाई खबर प्राप्त हुनासाथ तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही, विभिन इप्रकाको टोली ३० जना र सस्शत्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रुपन्देहीको ४६ जनाको टोली तत्काल उद्धार साम्रगी लिएर बरतौली गाउँ पुग्यो ।
द्धारमा खटिएका प्रहरीका अनुसार बाढीले गाउँ पूरै जलमग्न थियो । बाटो घाटो कता छ केहि पनि पत्ता लाग्दैनथ्यो । गाउँको अवस्था निकै कहाली लाग्दो थियो । मानिसहरु ज्यान जोगाउन रुखमा चढेका थिए । उनीहरु गुहार मागिरहेका थिए । प्रहरी टोलीलाई देखेर उनीहरु खुसी भए । हामीले रुखबाट झारेर बाहिर ल्याउन सफल भयौं ।ज्यान जोगाएर रुखमा चढेका बसेका वृद्धवृद्धाहरुको प्रहरीले ड्रम र बाँसबाट बनाएको डुंगा, टायर, ट्युब लगायतका साम्रगीहरु प्रयोग गरी उद्धार गरेको थियो ।
त्यस्तै प्रहरीले जिल्लाको पट्खौली, छिपागढ लगायतका डुबानमा परेको गाउँका सयौं बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बताएको छ ।


0 comments
Write Down Your Responses