पाहुुना आउदाँ पनी लाजमर्दो अवस्था ! की फर्म उठाउँ की हामीलाइ हटाउँ स्थानिय पिडित वासिन्दाहरु 'पिडितलाई नै छानी यसरी कुट्दै प्रहरी

मोरंङ, असार १७ । मोरङको सोराभाग ९ मा रहेको विराट पोल्ट्री फर्मबाट भएको झिं गाआतङक तत्काल अन्त्यगर्न स्थानियवासिहरुले माग गरेका छन । उनिहरुले चाडो माग सम्वोधन नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् । कु्खुुरा फर्मका कारण गाउँमा झिंगा आतंक मच्चिए पछि की फर्म उठाउँ की हामीलाई हटाउँको अवस्थामा स्थानिय पुगेका छन् । 
 एक सातादेखि पोल्ट्री फर्मको दुर्गन्ध हटाउन मागगर्दै आन्दोलनगर्दै आएका सोराभाग, रंगेली , बवियाविर्ता र दर्वेशाका स्थानियवासिहरुले आजविराटनगरमा पत्रकार सम्मेलन गर्दै पोल्ट्री फर्म हटाउनुपर्ने की आफुहरुलाइनै अन्त सार्न माग गरेका छन् । ठुुलो शख्यामा पत्रकार सम्मेलनमा सहभागी हुुन आएका उनिहरुले तत्काल दुर्गन्ध हटाउने र झिगामार्ने कामगर्न प्रशासनसंग माग गरेका छन् । विगत चारवर्षदेखी सम्वन्धित पंक्षलाइ आग्रह गर्दापनी वेवास्ता गरेको उनीहरुको आरोप छ । सो क्षेत्रका घर परिवारमा झिंगा आतंक कारण पाहुुना आउदापनी लाजमर्दो अवस्था रहेको छ ।
 खाना खाँदा वा भान्सामा अन्य काम गर्दा एक जनाले झिंगा धपाउनुुपर्ने र अर्कोले काम गर्नुपर्ने अवस्था रहेको छ । विबाह भोज भत्तेरमा वरपरका गाउँमा मानिसहरुले झुल भित्र खानेुकुुरा राख्नपर्ने र खाँदा झुलनै ओढनुुपर्ने अवस्था रहेको स्थानिय वासिन्दाको गुुनासो रहेको छ । पत्रकार सम्मेलनमा स्थानिय गोविन्द खतिबडाले २४ घन्टा भित्र तुरुन्त दुर्गन्ध र झिंगा आतङक अत्यगर्न नसके बन्द, हड्ताल, तालाबन्दी लगायतका आन्दोलमा जाने चेतावनी दिए । उनले पक्राउ परेका विनोद गिरी र प्रबेश पाठकलाई तुरुन्त रिहाई गर्न माग गरेका छन । विराटनगर रंगेली सडकखण्ड अन्र्तगत वेतौनमा रहेको सो पोल्ट्रि र्फमको लापरवाहीका कारण ५ सयभन्दा वढि घरपरिवार झिंगा आतंकवट प्रभावित भएको बुझिएको छ । पोल्ट्रीफमको झिंगाका कारण गाउमा हैजा लाग्न सक्ने भएकाले आँफुुहरुलाइ सुुरक्षित स्थानमा सार्न समेत स्थानिय वासिन्दाको माग रहेको छ । तिनदिन अघि पोल्ट्री फर्ममा शान्तीपुुर्ण रुपले आग्रह गर्न जादा प्रहरीले गिरी र पाठकलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा दर्ता गरेको छ । 
घटनामा तुलसी ढकाल र शर्मिला राजबंशी घाइते समेत भएका छन । प्रहरीले पिडितलाई नै छानी कुटेको स्थानिय वासिन्दाले बताएका छन् । स्थानिय सुर्य प्रसाद पोखरेलले सरकारले झिंगा भन्केको खानेकुरा नखाऔ भनेर स्वास्थ्यको प्रचार गर्ने तर आफुले खाने भातको थालमा सधै झिँगाहुने गरेको गुनासो गरे । चार बर्ष अगाडी स्थापनाभएको सो फर्मबाट निस्कने दुर्गन्ध हटाउन आफुहरुले यस अघि पनि पटक पटक पहल गरेको भएपनि उद्योगले हेपाहा प्रबृति देखाएको समेत पोखरेलको भनाई छ । झिँगाका कारण दिक्क भएपछी र्फममा आग्रह गर्न जादा प्रहरीले दमन गरेको स्थानिय शिक्षक झलक प्रसाइको भनाइ छ । प्रहरीले माथीको आदेश भन्दै आग्रहका लागी त्यँहा पुुगेकाहरुलाइ लखेटी लखेटी निर्घात कुुटपिट गरेर गम्भिर घाइते बनाएको उनको आरोप छ । महिलाहरुमाथी समेत लाठी प्रहार भएको उनले बताए । 
 राजनितिक नेता तथा सो क्षेत्रका सांसदले समेत प्रहरीले वरवर्तापुुर्ण तवर कुुटपिटगर्दा पनी आँफुुहरुलाई वेवास्ता गरेको स्थानियको आरोप छ । उनीहरुले पञ्चायती व्यवस्थामा समेत यसरी कहिल ेपनी प्रहरीले अत्याचार नगरेको भन्दै आँफुहरुको माग सुुनवाई नभए राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन । ज्यादतीवारे प्रमुुख जिल्ला अधिकारी तोयम रायले समेत आँफुुहरुको निवेदन लिन नमानेको जनाएका छन । उनीहरुले निवेदन लिएर प्रसाशनमा जादा गावीस देखीनै पं्रक्रिया पुु¥याएर आउनु भनेर सिडिओ सावले फर्काएको पत्रकार सम्मेलनमा गुु्नासो गरेका छन । स्थानियहरुले शुुक्रवारनै मोरङका प्रमुख जिल्लाअधिकारी तोयम रायासंग पनि भेटघाट गरेका छन् । प्रमुुख जिल्ला अधिकारी रायले घटनाप्रती आफु गम्भिर रहेको भन्दै आइतवार सवैपक्षलाइ राखेर छलफल गर्ने बताए ।

, , ,

0 comments

Write Down Your Responses