दार्चुलाको पहिरोमा परी ३ जनाको मृत्यु भारत उतराखण्डमा आएको बाढीको असर पहिरोको कारण १८ जिल्ला प्रभाबित काहाँ के भयो ? हेर्नुस कुन जिल्लामा के भयो ? यस्तो छ रिपोट
दार्चुला । भारतको उत्तराखण्डमा आएको बाढिको असर नेपालमा पनि परेको छ । अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ ।
स्थानिय प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का २५ वर्षिय वशन्ती धामी, सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त र अपी नगरपालिका १७ की ६१ वर्षीय भागरथी महरा रहेका छन् ।
उता भारतबाट आयात गरीएको विद्युत लाइन पोल बगाइ तथा ढलेपछि विद्युत सेवा अवरुद्ध भएको जिल्ला दैविक प्रकोप उद्धार समिति दार्चुलाले जनाएको छ ।
जिल्ला भरीका एक दर्जन गाविसमा सयौ घर उच्च जोखीममा रहेको ठहर समितिले जनाएको छ । प्रभावित सवै स्थानतर्फ प्रहरी परिचालन गरिएको छ भने उद्धारका लागी सेना तथा सशस्त्र प्रहरी समेत खटिएको निमित्त प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताए ।
प्रभावित बस्तीहरुमा सयौ चौपाया बाढी तथा पहिरोमा फसेका छन । गए राती परेको अविरल वर्षाका कारण घर माथि बाट आएको बाढी र पहिरोमा पुरीएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनास्थल तथा जिल्लाभरी प्रभावित क्षेत्र तर्फ प्रहरी परीचालन गरीएको प्रहरी प्रमुख डिएसपी सुशील सिंह राठौरले बताए । अपी नगरपालीका वडा १७ काकडामा पहिरो पश्चात स्थानीय खोलामा आएको बाढीले मुल सडकको पुल समेत बगाएको छ ।
स्थानीय प्रेम सिंह महरा र उनकी १८ वर्षीय नातिनी दुर्गा महरा घाइते भएक छन ।
यसैगरी पहिरोकै कारण भारतसंग सिमानाका जोडीएको जौलजिवी प्रहरी चौकी भवनमा क्षति भई पहिरोको उच्च जोखीममा रहेकाले विस्थापित भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी माथि बाट पहिरो आउन सुरु भए पछि उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी तथा वन्दोवस्तीका समान सुरक्षीत स्थानमा सारीएको छ, डिएसपी राठौरले भने, ‘जौलजीबकिो पुरै बस्ती चारै तिरबाट पहिरोमा थुनिएको छ।’
पहिरोकै कारण महाकाली लोकमार्गको एक दर्जन स्थानमा पहिरो जादा पुर्णरुपमा अवरुद्ध रहेको छ ।
बाढीले महरको त्यस्तै जिल्लाका डाडाकोट, सर्मोली खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वर, ग्वानी, शंकरपुर, भगवती, दत्तु, र रानीशिखर लगायत गाविसका विभिन्न ठाउमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
तनहुँ ः आबुखैरेनी नगरपालिका–७ पावर हाउसस्थित पृथ्बी राजमार्गमा काठमाडौबाट गोरखातर्फ जाँदै गरेको ना.५ ख ५१८२ नम्बरको बसमा पहिरो झरी लाग्दा बसमा सवार ३० वर्षीय ईश्वेर भट्ट र उनका छोरा ९ महिनाको दिप्सन भट्ट घाइते भएकोले उपचारको लागि ओम मेडिकल आँबुखैरेनी पठाइएकोमा थप उपचारको लागि काठमाडौ रिफर भएका छन् ।
अवस्था दुवैको मध्यम रहेको छ । गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् ।
बारा ः ईनर्वामाल गाविस–७ बस्ने अबुरा कैशको घर वर्षादको कारण शुक्रबार भत्कीन जाँदा घरभित्र रहेको अबुरा कैशको श्रीमती ४० वर्षीया सबुला खातुनसमेत ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि स्थानिय मेडिकल पठाइएको छ ।
मकवानपुर ः सिस्नेरी–३ अमलडांडास्थित हेटौंडा सिस्नेरी सडकखण्डमा बर्षादको कारण शुक्रबार पहिरो आई बाटो अबरोध भएको र ना.१ ज ३६०७ नम्बरको सुमो गाडीको झ्यालमा ढुङ्गाले लाग्दा गाडीमा सवार ३० वर्षीय अनबर हुसेन सामान्य घाइते भएका छन् ।
प्रहरी टोली खटि गई बाटो खुलाउने पहल भइरहेको छ ।
रसुवा ः अबिरल बर्षाको कारण टिमुरे–१ स्थित पासाङ ल्हामु सडकखण्ड रसुवागढीमा पहिरो आई बाटो अबरोध भएको छ । पहिरो आउने क्रम जारी रहेको छ ।
दार्चुला ः अविरल बर्षाको कारण शुक्रबार सिमा प्रहरी चौकी लालीको कार्यालय भवन, व्यारेक भवन वरिपरी पहिरो गई क्षति भएको छ । यसैगरी दार्चुला अपि नगरपालिका–१७ काकडा र मालीकार्जुं–८ स्थित दार्चुला–गोकुलेश्वर सडकमा पहिरो आइ सडक अवरोध भएपछि प्रहरी टोली खटी गई खुलाउने पहल भइरहेको छ । साथै सो ठाउँमा रहेको प्रेम पालको पसल, हेमन्त सामन्तको से.१.ज. ३१२ नम्बरको जिप पहिरोले बगाएको छ ।
बाजुरा ः अविरल बर्षाको कारण बर्मटोला–५ बस्ने दिल्लीराज जैसीको गोठ शुक्रबार भत्कन जाँदा गोठभित्र रहेका बाख्रा १ मरेको छ भने ३ बाख्रा र २ गोरु घाइते भएका छन् ।
कालिकोट ः अबिरल बर्षाको कारण कर्णाली राजमार्ग अन्तर्गत मान्म–५ सुनारखोलामा शुक्रबार पहिरो आई बाटो पुर्णरुपमा अबरोध भएको खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई खुलाउने पहल भइरहेको छ ।
ललितपुर ः अविरल वर्षादको कारण भट्टेडाँडाको झाग्रेडाँडा र नयाँगाउको विचमा शुक्रबार पहिरो खस्न गई वाटो अबरोध भएको छ भने भट्टेडाँडावाट आश्राङ जाने सडक समेत वन्द भएको छ । खुलाउने पहल भइरहेको छ ।
सिन्धुपाल्चोक अविरल बर्षादको कारण तातोपानी–४ नौकिलो भन्ने स्थानमा डाडापाखाबाट पहिरो खसी तातोपानी–कोदारी राजमार्ग अबरोध भएको छ । प्रहरी टोली खटी गएको छ ।
भोजपुर तिवारीभन्ज्याङ्ग–५ स्थित मध्यपहाडी लोकमार्गमा बर्षादको कारण शुक्रबार पहिरो खस्दा भोजपुरबाट तिवारी भन्ज्याङ्गतर्फ जादै गरेको को.२ त ३७२८ नम्बरको खाली ट्याक्टर पहिरोमा परी निस्कन नसक्ने अवस्थामा रहेको छ । प्रहरी टोली खटी गई बाटो खुलाएको छ ।
दाङ्ग अविरल बर्षाको कारण रोल्पाको होलेरीदेखी दाङ्को घोराई आउने सडकखण्डमा पहिरो आई बाटो पूर्ण रुपमा अवरोध भएको छ । प्रहरी टोली खटी गई खुलाउने पहल भइरहेको छ ।
म्याग्दी दाना–३ स्थित तितर भन्ने स्थानमा बर्षाको कारण शुक्रबार ढुङगा, लेदो माटो आई बेनी जोमसोम सडकखण्ड पुर्ण रुपमा अबरोध भएको छ । प्रहरी टोली खटी गई बाटो खुलाउने पहल भइरहेको छ ।
उदयपुर कटारी नगरपालिका–२ बेलश्रोत खोलामा बाढीको कारण शुक्रबार सिद्धिचरण राजमार्ग पुर्णरुपले अवरोध भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई बाटो खुलाएको छ । हाल पानीको सतह कम भएको छ ।
चितवन अबिरल बर्षाको कारण माडी–३ स्थित चिताई खोलामा शुक्रबार आएको बाढीले माडी–नारायणगढ भित्री सडकखण्ड ४ मिटर पिच बगाई अबरोध भएको छ । साथै मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चारकिलो र जलबिरे भन्ने ठाउँमा बाटो अबरोध रहेको छ ।
नुवाकोट अबिरल बर्षाको कारण किम्ताङ–७ स्थित गुम्बा खोलामा आएको बाढीले झोलुङे पुल बगाई क्षति भएको छ ।
ललितपुर ललितपुर–४ नयाँबाटो चोक धोबीघाटस्थित अनटेष्ट लेखिएको टिफरले बा.७० प ८९२ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक म्याग्दी पिप्लेका २२ वर्षीय देबसिंह मल्ल ठकुरीको उपचारको लागि मेघा अस्पताल तथा मोटरसाइकलमा सवार २३ वर्षीया सृष्ठी श्रेष्ठको स्टार अस्पताल लैजाने क्रममा दुबैजनाको बाटोमै मृत्यु भएको छ ।
कपिलबस्तु पतरिया–६ तल्लो बग्दीस्थित पिपरा पकडी सडकमा लु.२ त २३५ नम्बरको ट्याक्टर शुक्रबार आफै अनियन्त्रि भई पल्टन जाँदा ट्याक्टरमा सवार १५ जनामध्ये ४ जना घाइते भएका छन । उनीहरुलाई उपचारको लागि सिटी अस्पताल भैरहवा पठाइएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको छ ।


0 comments
Write Down Your Responses