हेर्नुभयो त हिरामोती जडित भोटो छैन भने ल हेर्नुस् फोटोफिचर सहित

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शुक्रबार भोटो देखाइएको छ। जात्राको अन्तिम दिन भोटो देखाउने परम्पराअनुसार जावलाखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा भोटो देखाइएको हो। गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हिरामोती जडित भोटो रथको चारैदिशाबाट देखाएर सबैलाई दर्शन गराएका थिए ।
 समारोहमा राष्ट्रपतिले भोटोको अवलोकनपछि मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नाका साथै दक्षिणा प्रदान गरिन् । उनले पाटनकी कुमारीको दर्शन गर्नाका साथै उनको हातबाट टीका ग्रहण गरिन् । Bhoto Jatra 2073 (20) ऐतिहासिक भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री भीमबहादुर रावल तथा मन्त्रीहरु सहभागी थिए । तस्बिरः चन्द्रबहादुर आले

, , , ,

0 comments

Write Down Your Responses