अस्पतालबाट घाइतेहरूकाे यस्तो बयान हे भगवान हामिलार्इ बचाउ बचाउ भन्दा भन्दै बस भिरबाट खस्याे उभिएका काेही रहेनन पुरा पढ्नुस

इटहरी धनकुटाकाे चित्रेमा खाजा खाएपछि साथिहरूसंग बिदा मागेर म लगायत अन्य केही बसमा चढयाै अघाडीबाट भरिएर अाएकाेले उक्त बसमा सिट खाली थिएन म एउटा सिटमा अढेस लागे साउनकाे महिना एक त बर्षाकाे समय बस क्षमताभन्दा बढी यात्रुहरू लिएर गुडिरहेकाे थियाे । बस चढेकाे केहि मिनेटमै अनीयन्त्रीत जस्ताे देखिन्थ्याे । बसमा यात्रा गर्ने केही यात्रुहरू भन्दैथिए अाज मार्छकी कया हाे ड्राइभरले ! बसभित्रै रमाइलाे गित पनि बज्दै थियाे उभिने यात्रुहरू लगभग ८ – १० जाना थिए । अचानक ब्रेक फेल भएकाे गानगुन सुनियाे सबै कराउन र चिच्याउन थाले म हतार सिटमुनी पसे ।
 काेही नालीमा हाल, काेही स्पिड घटा, त काेही हे भगवान हाम्राे रक्षा गर भन्ने अावाज मात्र कानमा गुन्जियाे।क्षणभरमै निकै जाेडले बस केहीमा ठाेक्कीए जस्ताे अावाज निस्कियाे त्यसपछि केही थहा छैन अाखा खाेल्दा म अस्पतालमा थिए । याे बयान हाे धनकुटा माडेकटहरे–४ की २१ बर्षीया मनिसा अधिकारीकाे । बिहीबार धनकुटाकाे सिधुवा बजार नजिकै भएकाे बस दुर्घटनामा उनि पनि गम्भिर घाइते छिन । दुर्घटनाकाे क्रममा सिटमुनी लुकेकाे कारण उनि बाच्न सफल भएकाे बताउछिन तर दुर्घटनापछि उनकाे अवस्था अत्यन्तै दयनीय रहेकाे छ । उनकाे दाया हात पूर्ण रूपले क्षतवीक्षत बनेकाे छ ।
 शरिरकाे अधिकांस भागहरू चाेटले भरिएका छन। उनकाे धरान स्थित बिपी प्रतिष्ठानमा उपचार हुन नसके पछी थप उपचारकालागि काठमाण्डाैं लाने तयारीमा छन् । लाेकसेवा अायाेगमा परिक्षा दिर्इ सरकारी निकायमा भिडेर देखाउने जमर्काे गरेकी २१ बर्षीय मनिषा अधिकारी दुर्घटनापछि सबै सपनाहरू चकनाचुर भएकाे रूदै बताउछिन । परिवारै थला पर्याे म एक्लैले के गर्नु ? त्यस्तै साेही बस दुर्घटनामा एकै परिवारका तिनजना गम्भिर बनेका छन । संखुवासभा मुढेशनिश्चरेबाट बस चढेका ३८ बर्षीय खगेन्द्र थापा , उनका छाेरी कला थापा र ७ बर्षीय छाेरा अायुष थापा बस दुर्घटनामा परी गम्भिर बनेपछि परिवार बिचल्लीमा परेकाे छ ।
 दुर्घटनामा परी घाइते बनेका ३८ बर्षिय थापाका अनुसार मुढेशनिश्चरेबाट बस चढेर तेह्रथुमकाे बसन्तपुर सम्म अाइपुग्दा सम्म बस सहि तरीकाले गुडिरहेकाे थियाे तर बसन्तपुरबाट अारालाे झर्न थालेदेखीनै बस भित्र ब्रेक फेल भएकाे गानगुन चलेकाे बताउछन । 
तर पनि बस कुदिरहेकाे थियाे । धनकुटाकाे चित्रे अाएपछि केही यात्रुहरू हालेर अघी बढेकाे बस १० मिनेटमै सिधुवा अाइपुगेपछि भिरबाट खस्याे थापाले थपे । कान्छाे छाेरालार्इ काखमा च्यापेकाे थिए छाेरी कलालार्इ समाएकाे थिए जब बस भिरबाट खस्न थाल्याे छाेरी बेहाेस भइन त्यसपछि अाफ्नाेपनि हाेस गुमेकाे थापा बताउछन ।दुर्घटनापछि थापाकाे छातीकाे ४ वटा करङ संगै देब्रे खुट्टा पनि भाचिएकाे छ भने शरिरकाे बिभिन्न भागमा चाेट लागेकाे छ । त्यस्तै उनकाे छाेरी कलाकाे देब्रे हातमा गम्भिर चाेट परेकाे छ भने दाहिने हात खुट्टै भाचिएकाे छ । कान्छा छाेरा ७ बर्षीय बालक अायुषकाे मुन्टाे बांगिएकाे छ ।
 अाफ्नाे परिवारमा रहेका सबै सदस्यहरूकाे अवस्था त्यस्ताे देखेपछि सरीता थापा यतिबेला मर्नु न बाच्नुकाे दाेसाधमा परेकी छिन ।परिवारमा कमाउने भनेकै श्रीमान हुन उहाँकै अवस्था यस्ताे भएपछि म एक्लैले के गर्न सक्छु र ! भावविहल हुदै सरिता भन्नुहुन्छ । सरीताका श्रीमान मुढेशनिस्चरेमा ब्यापार गर्दै अाइरहनुभएकाे छ । छाेरी सुनसरीकाे इटहरीमा फुपुकाेमा जाने इच्छा गरेपछि उनलार्इ पूर्याउन हिडेका श्रीमान खगेन्द्र थापा , ७ बर्षीय बालक अायुष थापा र छाेरी कला थापा बस चडेकाे ३ घण्टापछि दुर्घटनामा परेकाे खबर पाएकाे श्रीमती सरीता भन्नुहुन्छ ।
बस दुर्घटनामा ७ बर्षीय छाेरा अायुषकाे मुन्टाे बांगीएपनि चिकित्सकहरूले नसा सडकिएकाे भनेकाे र भिडियाे एक्स्रेमा पनि त्यस्ताे केही नदेखिएकाले २ , ४ दिनमै निकाे हुने बताएकाे सरीता थप्नुहुन्छ । यता बस दुर्घटनामा परी घाइते भएका अधिकांसले क्षमता भन्दा बढी यात्रुहरू काेच्दा यस्ताे परिणाम भएकाे बताएका छन । पहाडी रूटमा चल्ने सवारीसाधनहरूमा यात्रुहरू काेचाकाेच हुनु अाजभाेली सामान्य बनेकाे घाइतेहरू बताउछन । पहाडी भेगका कुनै स्थानहरूमा ट्राफिक चेकजाच नहुनुले समेत यस्ता दुर्घटना भइरहने गरेका बस दुर्घटनाका घाइतेहरू बताउछन । 
बस दुर्घटनामा परी घाइतेभएकाहरूकाे धरान स्थित बिपी प्रतिस्ठानमा उपचार भइरहेकाे छ । यता बिहीबार धनकुटाकाे सिधुवा बजार नजिकै भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १५ पूगेकाे छ । शुक्रबार बिहान उपचारकाे क्रममा थप एककाे मृत्यु भएपछि मृतककाे संख्या १५ पुगेकाे हाे । हाल सम्म घाइतेहरूकाे उपचारमा लागेकाे सम्पुर्ण खर्च बस ब्यवसायी संघले बेहाेर्दै अाएकाे छ । दुर्घटनाकाे कारण धनकुटा यतिबेला शाेकमंग्न बनेकाे छ ।

, , ,

0 comments

Write Down Your Responses