काठमाडौंमा एक बिहानै विद्यार्थी झारेर स्कुल बसमा आगजनी तीन जना पक्राउ
काठमाडौँ, ६ साउन । राजधानीमा विहीबार विहानै विद्यार्थी बोकेको एक स्कुल बसमा आगजनी भएको छ ।
धोबिघाटमा रहेको आइडल मोडल स्कूलको बा २ क ४६९ विद्यार्थी बोकेको बसमा काठमाडौंको डल्लुस्थित विष्णुमती पुल नजिक आज बिहान तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।
उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुले आफूलाई माओवादी केन्द्रबाट छुट्टिएको समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रको कार्यकर्ताका रुपमा चिनाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सबै विद्यार्थीलाई झारेर उनीहरुले बसमा पेट्रोल छर्की आगो लगाएका थिए । आगजनीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।


0 comments
Write Down Your Responses