अचम्मै चारवटा खुट्टा भएको अनौठो कुखुरा किन्न मानिसको यस्तो भीड हेर्नुस भिडियो सहित
एजेन्सी । भारतको उत्तर प्रशेको हापुडको मीनाक्षी रोडस्थित एक कुखुरा पसलको अचेल निकै चर्चा हुन थालेको छ । यसको कारण हो चार खुट्टा भएको कुखुरा ।
हो, एउटा कुखुराको दुइवटा होइन चार वटा खुट्टा छ ।
यसै कारणले कुखुराको मासु पसल देखि भारतभर कौतुहलको विषय बनेको छ ।
कसैले यो कुखुरालाई भगवान भनेर त कसैले इस्लाम धर्मलाई जोडेर अड्काल काट्न थालेका छन् ।
केहीले त यो कुखुरा किन्न महंगो पैशा तिर्न तयार भएको बताएका छन् । एक व्यक्तिले त यो कुखुरा पाउनको लागि ७ हजारको बोली लगाएका छन् ।
अहिलेसम्म ती मासु पसलका मालिकले भने त्यो कुखुरा बेचेका छैनन् ।


0 comments
Write Down Your Responses