तपाईहरु यदी मदिराको ह्याङओभरले टाउको दुखेको छ भने अब यसो गर्नुहोस पुरा पढ्नुस जनिराख्नुस
जुस खानुहोस्
मदिरा ब्लड सुगरमा सिधै मिसिने हुनाले यसको नकरात्मक प्रभाव घटाउन एक बिहानै एक गिलास स्याउको जुस खानुहोस् । मध्यम खालको ब्लड सुगरलाई नियन्त्रण गर्न जुस निकै प्रभावकारी हुन्छ । तर, अवस्था निकै भयाबह छ भने ग्लुकोजयुक्त पर्दाथ खानुहोस् ।
खाली पेट पानी पिउनुहोस्
बिहानीपखको टाउको दुःखाइलाई खाली पेटमा बिहानै पानी खाँदा निको हुन्छ भन्ने मान्यता छ । दिमागमा रहेका अधिकांश तन्तुहरु पानीले बनेका हुन्छन् र डिहाइड्रेसनले यी तन्तुहरुको आकार घटाई टाउको दुख्ने समस्या हुने बताइन्छ ।रक्सिले डिहाइड्रेसन गराउने भएकोले रक्सि खाएको रातभर सक्दो पानी पिउनुहोस् । भोलीपल्टको टाउको दुःखाई र ह्याङओभर घटाउन हरेक रक्सिको चुस्का बराबरको पानी पिउनुहोस् ।
कार्बोहाइड्रेड युक्त खाना
वियरमा क्यालोरी हुन्छ भन्दैमा यसलाई डिनरको रुपमा नसोचौं । खाली पेट रक्सि खाँदा शरिरमा अझै बढी सोसिने खतरा भएकाले वोतलको विर्को खोल्नुअघि कार्बोहाइड्रेडयुक्त पर्याप्त खाना खानुहोस् । पर्याप्त खानापछि रक्सि सेबन गर्दा रगतमा अल्कोहलको मात्रा तुलनात्मक रुपमा कमि हुने केही अध्ययनहरुले पनि देखाएको छ।
अन्डा खानुहोस्
अन्डामा यस्तो पदार्थ हुन्छ जसले राती पिएको रक्सिले कलेजोलाई गर्नसक्ने सम्भावित हानीबाट बचाउन सहयोग गर्छ ।
अन्डासँगै प्रशस्त ताजा र हरियो तरकारी पनि खानुहोस् । अदुवा पानी अदुवा मिसाएको चिया पिउनुहोस् । यसले वाकवाकी वा रिंगटा लाग्ने समस्या तत्काल हटाइदिन्छ । स्वच्छ हावा ताजा हावा लिनुहोस्, बिहान उठ्नेबित्तिकै हल्का व्यायाम् गर्नुहोस् पोटासियमयुक्त फलफूल केरा लगायत पोटाशियमयुक्त फलफुल खानुहोस् । स्वास्थ्य खबर बाट ।


0 comments
Write Down Your Responses