हेर्दाहेर्दै यसरी बग्यो तिनाउको खोलाको पुल हेर्नुस भिडियोसहित

१ साउन, रुपन्देही । बुटवल १३ देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउ नदीको बाढीले बगाएको छ । पुल बगाएपछि देबिनगर र बुद्धनगरको सम्पर्क विच्छेद भएको छ । बुटवलको प्रगतिनगरमा ५ वटा घर पनि बाढीले बगाएको छ । 
 तिनाउमा ठूलो बाढी आएपछि वरपरका बासिन्दा त्रसित छन् । ११ हजार जनसंख्या रहेको तिनाउ नदी किनारको सुकुम्बासी बस्तीभर पुरै सन्त्रास छाएको छ । स्थानीयहरु सो स्थान छाडेर भागेका छन् । बाढीको जोखिम क्षेत्रमा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

, ,

0 comments

Write Down Your Responses