बाढी र पहिरोले जनधनको यस्तो नोक्सानी ५ जना बेपत्ता ४ जना मृत फेला हेर्नुस भिडियो सहित
प्युठान, ११ साउन । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछि जनजीवन प्रभावित भएको छ ।
जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षीया श्रीमति शोभा रिजालको मृत्यु भएको खबर छ । बहाने कै सिमबुटामा धोज बहादुर पुनको घर पहिरोले पुरिदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षिया काली परियार, ११ बर्षिया किरण थापा र अन्य २ जना पुरिएका छन् ।
पुनको २८ बर्षिया छोरी पबित्रालाई भने सकुशल उद्धार गरिएको छ ।
प्रहरीका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । यो समाचार तयार पार्दासम्म ४ ओटा शब झिमरुक नदी किनारमा फेला परेका छन् । जिल्लाका दर्जनौं स्थानका बस्तीहरु उच्च जोखिममा छन् । झिमरुक ड्याम साइड रम्दीमा झिमरुक खोलाले बगाएर २ वटा शव भेटिएको छ । लगातारको पानी र खोला ठूलो भएका कारण निकाल्न नसकिएको स्थानीयले बताए ।
विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिकाको भवन नजिकै पनि अर्का १ जनाको मृत शव खोलाले बगाएर ल्याएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको शव रहेको उनको पनि सनाखत हुन सकेको छैन् । त्यस्तै प्यूठानको बाग्दुला पुल नजिकै अन्दाजी १२ वर्षकी एक बालिका पनि मृत फेला परेकी छन् ।
बाढी पहिरोले बिनासै बिनास
भारी बर्षातका कारण गएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउमा ठुलो क्षति पुर्याएको छ । बाढी र पहिरोको सन्त्रासमा प्यूठानका गाउँ गाउँमा रात गुजारेका छन् ।
प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन् । स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गरिरहेको छ । स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए । स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ। पहिरोका कारण अर्खा गाविस वडा नं. ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।
तर, अहिलेसम्म मानबिय क्षतिको खबर भने न आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जोखिम क्षेत्रमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयले जनशक्ती परिचालन गरेको प्रहरी प्रमुख रन्जित सिह राठौरले बताए । त्यसैगरि ढुङ्गेगदी ३ बड्डाडा बजारमा रहेको खानेपानीको ट्याङ्की पहिरोको उच्च जोखिममा छ । पाँच बर्षअघि जिल्ला खानेपानीको १३ लाख रुपैया र स्थानियको श्रमदानमा निर्माण गरिएको ट्याङ्की पहिरोको जोखिममा रहेको हो।उक्त सेफ्टी ट्याङ्किबाट बजारका झन्डै १ सय ५० घरधुरीले खानेपानीको सुबिधा लिदै आएको खानेपानी ब्यबस्थापन समितिका अध्यक्ष गोपिलाल उपाध्यायले जानकारी दिए ।
जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन् । बाढी र वर्षाका कारण ग्रामिण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन् ।
झिम्रुक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।
नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । रजवारा गाविसमा स्थानीयले आफैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए ।
अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ । सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए ।
जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ ।


0 comments
Write Down Your Responses