के तपाईहरुको कपाल फूल्ने समस्याबाट हैरान हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अब यी घरेलु उपायबाट नै छुटकारा पाउनुहोस् जनिराख्नुस

कपाल फूल्ने रोग पनि हुन्छ । तर, कसैको बंशाणुगत गुण पनि हुने गर्दछ । कपाल मानिसको पर्सनालिटीसांग जोडिएको महत्वपूण भाग हो । कसैको उमेर नपुगिनै कपाल फूल्ने गर्छ । कपालमा प्रयोग गरिने केमिकलको कारणले पनि उमेर नपुगि कपाल फूल्ने गर्छ । बाल्यकालमा चाहिने पौष्टिक आहारको कमि भयो भने कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेर नपुगि कपाल पहिले नै फुल्ने गर्दछ । कपाललाई चाहिने भिटामिन पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ । विशेष गरि कपालमा प्रयोग गर्ने केमिक अनावश्यक रुपमा प्रयोग गर्नले नै कपाल फूल्ने गर्दछ । शरिरमा भिटामिनको कमि भयो भने पनि कपाल फुल्ने गर्दट । यदि तपाईको उमेर नपुगेरै युवा अवस्थामै कपाल फुल्ने अर्थात सेतो देखिने समस्या देखिएको छ भने त्यसलाई घरमै उपचार गर्न सकिने छ ।
 कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । १, प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् । यद्यपी प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ । २, कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस् । र कपाल धुनुभन्दा पहिला कम भन्दा कम एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटक सम्म गर्नुस् । ३, नरिवलको तेलको दोस्रो कागतीको रससँग गर्नुस् । कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ । ४, कपाल कालो गर्नमा महेन्दी नामक विरुवाको पातको प्रयोग पनि महत्वपूर्ण मानिन्छ । एक मुठ्ठी महेन्दीका पातलाई पिसेर लेदो बनाउनुस् । यसको लेदोमा तीन चम्चा अमला पाउडर, एक चम्चा दही मिलाएर आफ्नो कपालमा समान रुपमा लगाउनुस् ।
 सुकेपछि धुनुस् । ५, नरिवलको तेलमा करी ‘एकप्रकारको जडीबुटी’को पातलाई मिसाएर कालो हुँदासम्म उमाल्नुस् । चिसिएपछि यसलाई आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । र, ४५ मिनेटपछि मात्रै कपाल धुनुस् । ६, कालो चियाले कपाललाई कालो बनाउनुका साथै नरम र चमकदार बनाउँछ । एक कप पानीमा दुई चम्चा चियापत्ति मिसाएर उमाल्नुस् । त्यसमा एक चम्चा नुन पनि मिसाउनुस् । चिसिएपछि छान्नीमा छानेर त्यो कालो पानीले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् र एक घण्टापछि चिसो पानीले धुनुस् ।तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्मच कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । फइदा हुनेछ । ७, लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । चौलाई ‘एक प्रकारको हरियो सब्जी’को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ । 
– लौकाको तेल अथवा भृंगराज ‘एक प्रकारको जडीबुटी’को तेल सेतो कपालको उपचारका अर्को उत्तम उपाय हो । ८, बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ ।

, ,

0 comments

Write Down Your Responses