टाउको दुखेमा तपाईहरु सिटामोल खाने गरिन्छ भने यदी तपाइको मन दुखेमा के खाने ? पुरा पढ्नुस जनिराख्नुस थाहापाई राख्नुस
काठमाडौँ राष्ट्र निर्माण मञ्चले ‘आप्रवासी कामदारहरुका समस्या र इन्टरनेट मनोवैज्ञानिक परामर्श’ विषयक एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार मञ्चले कार्यक्रम विदेश गएका आप्रवासी कामदारहरुको हक हितलाई ध्यानमा राखेर उनीहरुलाई मनोवैज्ञानिक परामर्श आवश्यक भएको खण्डमा परामर्श दिनुपर्दछ भन्ने ध्येयले आयोजना गरेको हो ।
कार्यक्रममा ‘आप्रवासी कामदारहरुका समस्या र इन्टरनेट मनोवैज्ञानिक परामर्श’ भन्ने विषयमाथि प्रस्तुती दिएकी प्रतिमा शर्माले आत्महत्याको दर निर उच्च रहेको बताउँदै नेपाल डललाग्दो स्थितीमा रहेको बताइन् । उनले भनिन्, ‘ नेपालमा सरदर दिनमा १५ जनाले आत्महत्या गर्ने गर्दछन् र यो आत्महत्या विश्वमा ७ औं स्थानमा छ जुन निकै डरलाग्दो स्थिति हो ।
टाउको दुखेमा सिटामोल खाने गरिन्छ भने मन दुखेमा के खाने ?’
उनले देशमा रहेको भन्दा विदेशमा रहेको नेपाली समस्या समाधान गर्नको निम्ति दूर मनोवैज्ञानिक परामर्श सेवा संचालन आवश्यक रहेको बताउँदै मनोवैज्ञानिक सिद्धान्त दुः खेको मन हल्का गराउने सकिन्ने बताइन् ।
त्यस्तै कार्यक्रममा कमला बस्नेतले व्यक्ति मनोवैज्ञानिक रुपमा आक्रान्त, पीडित छ भने उसलाई प्रारम्भिक चरणमा मनोवैज्ञानिक प्राथमिक उपचारको गरेर सान्त्वना पार्ने सकिन्ने बताइन् ।
दक्षिण एशियामा नेपाल आत्महत्या गर्ने देशको सुचीान श्रीलंकापछि दोश्रो स्थानमा छ ।
नेपालबाट वर्षेनी हजारौंको संख्यामा बैदेशिक रोजगारीमा जाने नेपालीहरु डिप्रेसनको शिकार भई आत्महत्या गरि मृत्युवरण गरिरहेको अवस्थामा एंकाकीपन, डिप्रेसन र आत्महत्या हुनबाट जोगाउने उद्देश्यले राष्ट्र निर्माण मञ्चले दूर मनोवैज्ञानिक परामर्श शुरु गरेको बताइन् ।


0 comments
Write Down Your Responses