आखिर किन नयाँ ठाउँमा जाँदा हामीलाई निद्रा लाग्दैन थाहा छ

काठमाडौ । निद्रा मानिसका लागि निकै आवश्यक छ । यसले शरीरलाई स्वस्थ्य राख्नुका साथै थकान मेटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर कतिपय अवस्थामा नयाँ ठाउँमा जादा होस् वा ओछ्यान बदल्दा, हामीमध्ये धेरैलाई निद्रा नलाग्ने समस्याले सताउँछ । आखिर नयाँ ठाँउमा जाँदा पहिलो रातमा हामीलाई किन निद्रा लाग्दैन त, थाहा छ ? करेनट वायोलोजीमा नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार कुनै पनि नयाँ ठाउँमा होस् वा नयाँ वातावरणमा जादाँ हाम्रो मस्तिकको आधा भाग सँधैभरी सतर्क अवस्थामा बस्ने गर्छ ।
 यसले सुतेको अवस्थामा हामीलाई नयाँ माहोलबारे अदृश्य रुपमा जानकारी गराइरहेको हुन्छ । हामीलाई ब्युँझाइरहेको हुन्छ । जसको कारण ओछ्यान बद्लिएको पहिलो रात हामीलाई निद्रा लाग्दैन । प्रायः सबै मानिसलाई नै पहिलो रातमा यस्तो समस्या किन हुन्छ त ? जान्नकै लागि बेलायतस्थित ब्राउन युर्निभसिटीका अनुसन्धानकर्ताको समुहले ३५ जना स्वस्थ मानिसमा एउटा अनुसन्धान गरेको थियो । उनीहरुले हप्ता दिनको फरकमा ती मानिसहरुको पहिलो दुई रातको विस्तृत अध्ययन गरेका थिए । 
 अध्ययनबाट उनीहरुले दिमागको दायाँ भागको तुलनामा बायाँ भाग निरन्तर व्युझिरहने तथा सर्तक रहने पाएका थिए । त्यसैगरी, उक्त भाग नौलो ध्वनी प्रति संवेदनशील रहने हुदाँ नौलो ठाँउमा दिमागले सम्भावित खतराबारे जानकारी दिइरहने गरेको अनुसन्धानबाट पत्ता लागको थियो । निद्राको प्रारम्भिक अवस्था अध्ययन गर्ने सोही समुहले यो प्रक्रिया दिमागको वायाँ भागमा रातभर रहन्छ वा बीच बीचमा दायाँतर्फ पनि सर्छ भन्नेबारे भने यकिन अध्ययन गर्न बाँकी नै रहेको जनाएका थिए ।

, , , ,

0 comments

Write Down Your Responses