आत्महत्या गर्ने थलोको रुपमा चिनिदै पातले छाँगो भिडियोमा हेर्नुहोस पातले छाँगोको एस्तो अवस्था
ओएस नेपाल, पोखरा, ७ साउन । बिहीबार पोखराको डेभिजफल्समा हामफालेका दिपेन्द्र पौडेलको शव फुस्रेखोलामा फेला परेको छ । पातले छाँगोको टिकट काउन्टरमा कार्यरत पौडेल बिहीबार बिहान किरब ११ बजे हामफालेका थिए ।
पौडलको शव आज फुस्रेखोलामा भेटिएको प्रहरीले जानकारी दिएको छ । पानीको वहाब बढी भएका बेला छागोमा हामफालेकाले बगेर शवलाई खोलामा पुगेको प्रहरीको अनुमान छ ।
हामफालेको कसैले नदेखेपनि उनले लगाउने कपडा, पर्स र चप्पल छाँगोको डिलमा भेटिए पछि खोजी गरिएको थियो । खोजीमा खटिएको क्षेत्रीय प्रहरी गणको उद्धार टोलीले फुस्रे खोलामा शब फेला पारेको हो ।
उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । पछिल्लो समय पातले छाँगो आत्महत्या गर्ने थलोको रुपमा बिकसित हुँदै गएको छ ।
भिडियो हेर्नुहोस


0 comments
Write Down Your Responses