भूकम्प प्रतिरोधक स्कूलले थेग्न सकेन जग्गा प्लटिङको भित्ता हेर्नुहोस फोटोफिचर सहित

ललितपुर–दर्केझरी बिहानैदेखी खस्दै थियो । शुक्रवार विहान १० बजेर ५५ मिनेट जाँदा महानगरीय प्रहरी प्रभाव बाँडेगाउँका ईन्चार्ज भुपेन्द्र श्रेष्ठको मोवाईल बज्यो, ‘ईन्स्पेक्टर साप १ प्लटिङको वाल भत्किएर स्कुलमा थिच्यो, विद्यार्थीहरु च्यापिए तुरुन्त आईदिनुपर्यो ।’
 गोदावरी नगरपालिका स्थित टौखेलको पुष्पाञ्जली बोर्डिङ स्कुलका शिक्षकले आत्तिदै फोन गरेपछि भूपेन्द्रले टौखेल चोकको सिआरभी भ्यानलाई घटनास्थलमा पुग्न निर्देशन दिए ।घटना घटेको दुई मिनेटमा हामी त्यहाँ पुगेका थियौं’ इन्सपेक्टर श्रेष्ठले भने, ‘प्रहरीको गाडी र एम्वुलेन्समा घाईते विद्यार्थीलाई अस्पताल पठायौं ।’ २०७२ वैशाख १२ गतेको भूकम्प पछि पुष्पाञ्जली बोर्डिङले भूकम्प प्रतिरोधक प्रि–फ्याको कक्षा कोठा बनाएको थियो । 
कक्षाकोठाको माथिल्लो भागमा कर्मा लामा नामका ठेकेदारले जग्गा प्लटिङ गरेर ठुलो पर्खाल लागईदिए । शुक्रवार बिहानैदेखिको बर्षका कारण प्लटीङको पर्खाल भत्कँदा दुई विद्यार्थिको ज्यान गएको छ भने २६ जना घाईते भएका छन् ।प्रहरीका अनुसार ३ कक्षामा अध्ययनरत कृपा राई र अन्जना पुनको मृत्यु भएको छ । भने २६ जनाको पाटन अस्पताल र वि एण्ड वि अस्पतालमा उपचार भईरहेको छ ।
घटनास्थल पुगेका शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मन्त्रालयका सचिव मार्फत घटनको छानविन गर्न निर्देशन दिए । त्यस्तै पोखरेलले अस्पतालमा रहेका घाईते विद्यार्थीहरुसँग पनि भेटघाट गरे । गृहमन्त्रीलाई पनि घटनास्थल निरीक्षण गर्न पोखरेलले आग्रह गरेको उनका स्वकीय सचिव जागृत रायमाझले जानकारी दिए ।

, , ,

0 comments

Write Down Your Responses