तलब बढाइ दिन्छु भन्दै यसरी आफ्नो शाहुजीले ईज्जत लुट्न थालेपछि हेर्नुस भिडियो सहित
साँझ पर्दै थियो । अँध्यारो बढ्दै थियो । सडकमा गुडेका गाडीहरुले हेडलाइट बालिसकेका थिए । सडकछेउका बत्ती बलेका थिएनन् । सायद लोडसेडिङ हुँदो हो । ‘जाने हो ?’ उसले भन्यो । ‘जाने ।’ ‘कति लिने हो ?’ ‘कतिजना हो, कहाँ जाने हो, केही नबुझी कति लिने कुरा कसरी भन्ने,’ रत्नपार्कको फलामे बारमा अडेसिएर ऊतिर हेर्दै नहेरी मैले भनें । सडकमा गुडेका गाडीको उज्यालोले मात्रे बेलाबेला हामीले एकअर्कालाई राम्रोसँग देख्न सक्थ्यौं । नत्र मधुरो अँध्यारोमै ग्राहकसँग कुरा मिलाउनुपर्ने अवस्था थियो । ‘म एक्लै छु । तिमीले जहाँ लैजान्छौ त्यहीँ जान्छु,’ ऊ पनि मतिर हेर्दै नहेरी बोल्यो ।
बेलाबेला उसले मेरो अनुहारतिर हेथ्र्यो । गाडीको उज्यालो आएका बेला ऊ पनि अनुहार लुकाउँथ्यो । मैले उसलाई त्यति धेरै चासो दिएकी थिइनँ । किनभने, मेरो नजरले अरु ग्राहक खोज्दै थियो । ‘रातभरि बस्ने हो कि एकपटकलाई मात्र हो,’ मैले भनें । ‘रातभरिको कति ? एकपटकलाई कति ? पहिला रेट भन्नुस् न ।’ ‘रातभरि बस्ने हो भने तीन हजार र एकपटकका लागि १५ सय ।’ ‘अलि महँगो भयो । अलि मिलाउनुस् न ।’ ‘यो भृकुटी मण्डपको माल हो र कि मिलाउने कुरा गर्नुहुन्छ,’ मैले ऊतिर फर्केर भनें । तर उसको अनुहार ठम्याउन सकिनँ ।
‘भृकुटी मण्डपको नभए पनि रत्नपार्कको माल हो नि त,’ उसले भन्यो । ‘ल ल, धेरै कुरा नगर्नुस् । मामा (प्रहरी) आएपछि यहाँ उभिन पनि दिँदैन । लखेट्छन् ।
छिटो भन्नुस्, के गर्ने ?’ ‘त्यही त मलाई रातभरिलाई चाहिएको हो, तर तीन हजार तिर्न सक्दिनँ । अलि मिलाउनुस्,’ उसले भन्यो । सहिदगेटतिरबाट आउँदै गरेको एउटा गाडीको उज्यालोसँगै मेरो नजर उसको अनुहारमा पर्यो । ऊ त दिपु रहेछ । अनायासै मेरो मुखबाट दिपु शब्द झर्न लागेकै थियो । तर, रोकें । ‘मुखबाट माक्स हटानुस् न । अनुहार पनि हेरौँ न हौ,’ दिपुको यो आग्रहपछि म झसंग भएँ । माक्स नहटाए झनै शंका । हटाएपछि पक्रिने डर ।
दिपु अर्थात दिपेन्द्र तामाङ । हामी झापाको एउटा विद्यालयमा सात कक्षासम्म सँगै पढेका थियौं । उसको बुबाको सरुवा नेपालगन्ज भएपछि हामी छुट्टिएका थियौं । उसलाई सबैले दीपेन्द्र भन्थे, मैले मात्रै उनलाई दिपु भन्थेँ । दिपुको आग्रहमा डराउँदै मैले माक्स हटाएँ । ‘ल ठीक छ । कुरा फाइनल गरौं, ढिलो भयो ।’ मलाई पैसा अभावसँगै शारीरिक भोकको आवश्यकता पनि महसुस हुन थाल्यो । म छटपटिन थालेँ । अब त बाटैमा जो पायो त्यसैलाई कोठामा उठाएर ल्याउँ जस्तो हुन थाल्यो । किन यस्तो भयो । एउटा साथीसँग सल्लाह लिँदा डाक्टरसँग सल्लाह गर्न भन्यो ।
उसको यो कुराबाट मैले गहिरो श्वास लिएँ । थ्यांक गड दिपुले मलाई चिन्न सकेन । ‘रातभरि बस्ने हो भने तीन हजारभन्दा कम हुँदैन, जाने हो भने जाउँ । नत्र मेरो समय बबार्द नगर्नुस्,’ मैले भनें । ‘अलि महँगो भयो, तीन हजार त तिर्न सक्दिनँ ।’
‘रातभरि मजा पनि लिने । माल पनि दुरुस्तै चाहियो । अनि तीन हजार पनि तिर्न नसक्ने, कस्तो मर्द हो तपाईं ?’ यस्ता शब्द प्रयोग गर्ने मेरो बानी परिसकेको थियो । तर, यहाँ दिपुका लागि पनि यस्ता शब्द प्रयोग गर्नुपरेको थियो । नरमाइलो लागिरहेको थियो । तर, बाध्यता थियो । यो पेसामा दिपु पनि मेरो आमग्राहक जस्तै हो । अरुलाई गर्ने व्यवहार दिपुसँग गरिएन भने उसले शंका गर्न सक्छ । ‘म १५ सय मात्र तिर्न सक्छु, जाने हो भने जाउँ नत्र म लागें,’ उसले धन्न लाचारीपन देखायो । ‘कति कन्जुस भयौ दिपु तिमी ! पहिला त तिमी यस्तो थिएनौ, मेरो नाममा हजारौं उडाउने दिपु आज किन यस्तो बार्गेनिङ गरिरहेका छौ,’ मनमनै बोलें । ‘ल ठिक छ, यहाँबाट जाने ट्याक्सी भाडा र कोठामा खाने खर्च तपाईले नै व्यहोर्नु पर्छ है’, मैले दबाब र आदेशात्मक शैलीमा भनें । ‘हुन्छ ।
’ ट्याक्सी लिएर हामी नयाँ बजारतिर लाग्यौं ।
केहीबेरमै ट्याक्सी मेरो कोठानेर पुग्यो । मेरो कोठा ट्याक्सी ड्राइभरलाई पनि थाह छ । उनले सैयौंपटक यस्ता ग्राहक लिएर मेरो कोठासम्म आइपुगेका छन् । कहिलेकाहीं त मलाई नसोधी मेरो कोठासम्म ग्राहक पुर्याइदिन्थे र भन्थे, ‘बहिनी तपाईंको फोन लागेन ।’ त्यसको बदलामा मैले उनलाई दुई–चार सय बढी पैसा मिलाइदिन्थें । ‘पाँच सय दिनुस् ट्याक्सी दाइलाई ।’ मैले भनेपछि दिपुले केही नबोली पाँच सय दियो । तर, रत्नपार्कबाट नयाँ बजार आउँदा एक सय ५० रुपैयाँभन्दा बढी लाग्दैनथ्यो । अढाई तले त्यो घर हामी चारजना मिलेर लिएका हौं । अरु तीनजनाको काम पनि मेरोजस्तै हो । घर अलि एकान्तमा छ । कुनै अप्ठेरो छैन । भित्र छिर्नेबित्तिकै दिपुले कोठाको चारैतिर आँखा डुलायो । कोठामा खासै केही थिएन ।
एउटा खाट, केही सामान्य लुगाफाटा, पानी र बियरका खाली बोतल, मच्छर धुप र भित्तामा एउटा ऐना । भुइँमा कार्पेट ओछ्याएको थिएन ।
‘यस्तो कोठामा बस्छौ तिमीहरु ?’ ‘रन्डीहरुको कोठा कस्तो हुन्छ भन्ने कुरा तपाईलाई सायद थाह छैन होला । सायद तपाई पहिलोपटक यस्तो काममा आउनुभएको होला ।’ मैले उसलाई कहिले तपाईं र कहिले तिमी भन्थें । ‘हो यो मेरो पहिलो अनुभव हो ।’ ‘त्यसो भए आज मजा हुने भयो है ?’ मैले हाँस्दै भनें । ऊ ममाथि खनिन थाल्यो । ‘ए मिस्टर, केही त खाउ पहिले । नत्र रातभरि कसरी टिक्छौ ? यो माल हजुरकै हो । रातभरि होइन बिहानसम्म झुन्डिए भयो ।’ एउटा सानो केटा राखेका छौं । उसैलाई फोन गरें । दिपुकै सल्लाहमा दुई प्लेट खसीको सेकुवा, एउटा मःमः र दुई प्लेट भुटेको चिउरा र दुईटा बियर र दुई बोतल पानी ल्याउन भनें । रातको १० बजेको हुँदो हो । दिपुले मलाई अझैसम्म चिन्न सकेको छैन ।
कुनै कारणले मलाई चिनिहाल्यो भन्ने डर ममा थियो । मैले पहिलेको र अहिलेको दिपुमा धेरै फरक पाएँ । त्यो चञ्चले दिपु र यो सोझो दिपु । मैले लगाएको कालो भेस्ट खोलें ।
ऊ त झन् लजाएर आँखा झुकाउन थाल्यो । ६ महिना भयो, यो पेसामा लागेको । यस्तो लाज मलाई कहिले महसुस भएको थिएन । र, यस्तो भलादमी ग्राहक पनि पाएको थिइनँ । अरु भएको भए यतिबेलासम्म एकपटक भ्याइसकेको हुन्थ्यो । खाना आइपुगेको थिएन । मैले नुहाउन लागें । नुहाएर आउँदा खाना आयो । खाना ल्याउने केटाले बाहिरबाट दिदी भन्दै ढोका ढकढकायो । हामीले उनलाई कोठाभित्र कहिल्यै नपस्नु भनेका थियौं । उसले बाहिरैबाट खानेकुरा र बिल दिएर गयो । ऊ भलादमीजस्तै खाटमा बसिरहेको थियो । बियर लिनुअघि मेरो अनुहारतिर हेर्यो । म उसकै छेउमा बसें । अरु दिन ग्राहकसँग टाँसिएर बस्थें । तर, आज किन हो कुन्नि मलाई भित्रैदेखि लाज लागिरहेको थियो ।
खाइसकेपछि मैले नै दिपुलाई लुगा खोल्न निर्देशनात्मक शैलीमा भने । ऊ पनि एउटा आज्ञाकारी ग्राहकजस्तै सर्ट खोल्यो र खाटमा बस्यो । ‘पाइन्ट आफैं खोल्ने हो कि मैले खोलिदिने हो ?’ मैले भनें ।
त्यसैपछि लजाउँदै उसले बेल्ट खोल्दै भन्यो, ‘बत्ती निभाउन ।’ भित्रदेखि हाँसो पनि उठ्यो र माया पनि । यो पहिलो ग्राहक हो जसले बत्ती निभाउन भनेको छ । दिपुले मेरो मनको कुरा गर्यो । मलाई पनि दिपुको अगाडि कपडा खोल्न लाज लागिरहेको थियो । म बत्ती निभाइदिएँ । कालो अँध्यारो भयो । दिपुले मलाई समातेर ओछ्यानमा ढलायो । मैले मनमनै भनें, ‘वाह रे मेरो राजा । उज्यालोमा लजाउने अनि अँध्यारोमा पछार्ने !’ मैले आफूलाई दिपुसमक्ष सुम्पिदिएँ । पतिव्रता नारीजस्तै । मैले जिन्दगीमा पहिलोपटक अनुभव गरें, श्रीमान्सँग सुतेजस्तै । त्यो रात सुनौलो बन्यो । ‘तिमीसँग हुँदा पुराना दिनको याद आयो ।
बिनु र तिमीमा केही फरक पाइनँ,’ उसले भन्यो । दिपुले मलाई बिनु भनेर बोलाउँथ्यो । तर, मेरो वास्तविक नाम बिना हो । उसले बिनु भनेपछि मेरो मनमा चसक्क भयो । ‘त्यही हाउभाउ ।
त्यही क्रीडा । त्यही आनन्द,’ उसले भन्यो । मैले दिपुसँग रात मात्र होइन, कैयौं दिन बिताएकी थिएँ । बाध्यता देखाएर पछि भेट्ने भन्दै दिपु नेपालगन्जतिर लागेको थियो । आज भेट त भयो, तर यस्तो अवस्थामा । दिपुले पुरानो कुरा भन्दै गएपछि मेरो आँखाका आँसु थामिएन । टप्पक झरियो । मैले आफूलाई रोक्ने प्रयास गरें । तर, दिपुले थाह पाएछ । ‘तिमी किन रोएको, मबाट कुनै गल्ती भयो कि ?’ उसले भन्यो । तर उसले मेरोबारेमा सोध्दै सोधेन । मलाई चिन्नै सकेन । ‘होइन दिपु मलाई त्यस्तो केही भा को छैन,’ अनायसै मेरो मुखबाट दिपु शब्द निस्कियो । आँसुले डम्म भरेको आँखाले दिपुतिर हेरें ।
दिपु पनि मलाई आश्चर्यको आँखाले हेरिरहे । ‘होइन, मेरो नाम दिपु हो भने कुरा तिमीले कसरी थाह पायौ । बिनुले मात्र मलाई दिपु भन्थिन् ।’ ‘दिपु म नै हुँ तिम्रो बिनु,’ मैले भनें । ‘होइन, मलाई विश्वास लाग्दैन । बिनु यस्तो घिनलाग्दो काम कहिल्यै गर्न सक्दिन । त्यस्तो मास्टर अंकलको छोरीले यस्तो घिनलाग्दो काम गर्नै सक्दिन । भन तिमी को हौ । मेरो नाम कसरी थाह पायौ ?’ उसले ममाथि विश्वासै गरेन ।
कुनै बहाना गरेर यो कुरा यसै छोडौँजस्तो लागेको थियो । तर, दिपुको वास्तविकता बुझ्न मन लाग्यो, सिडियोको छोरा किन यसरी सडकको केटी खोज्दै हिँडेको होला ? मैले पढ्दै गरेको ताहाचल कलेजको आइडी कार्ड देखाएँ । कार्ड हेर्नेबित्तिकै दिपु छक्क पर्यो । आइडीको फोटो हेर्ने बित्तिकै बिनु शब्द निकाल्यो । त्यो फोटोमा भर्खरै एसएलसी पास गरेकी सोझी बिनु थिएँ । अहिले त मेरो पेट बाहिर आएको छ । मोटाएकी छु ।
अनेक शृंगारपटार गरेकी छु । मेहन्दीले कपाल रातै पारेकी छु । रातमा टल्किने मेकअप र ओठमा लाली बेसरी नै दलेकी छु, त्यही कारणले होला दिपुले मलाई चिन्न नसकेको । ‘बिनु के भयो ? कसरी यस्तो भयो ? मलाई त अझै पनि विश्वास लाग्दैन कि तिमी नै बिनु हौ भनेर ! ऊ बोल्यो ।
’ म उसलाई आफ्नो कथा सुनाउन लागेँ । ‘विश्वास गर दिपु । म उही तिम्रै अभागी दिपु हुँ, जो झापामा तिम्रो लागि सबभन्दा प्यारी थिएँ । तिमी मलाई छाडेर नेपालगन्ज गएपछि, मेरो सारा संसार अँध्यारो भयो । म पानीविनाको माछा जस्तै भएँ । नौ कक्षामा पढ्दा । एउटा एक्सिडेन्टमा मेरो बुवाको निधन भयो । त्यसपछि मेरो परिवार भताभुंग भयो । ६ वर्षको एउटा भाइ, आमा र म बेसाहारा भयौं । बुवाले राहत शिक्षक कोटामा पढाउनुहुन्थ्यो ।
स्कुलले काजक्रियाका लागि १० हजार दिएको थियो । त्यसपछि जसोतसो मैले एसएलसी पास गरें । त्यसबेला भाइले तीन कक्षामा पढ्थ्यो । एसएलसी पास गरेपछि केही काम गरौँ भनी झापादेखि मोरङ आएँ । तर काम पाउन सकिनँ । कतिपयले काठमाडौमा काम पाइने बताए । मलाई पनि काठमाडौं जाने रहर जाग्यो । केही काम पाउने आशाले आमा र भाइलाई लिएर काठमाडौं आएँ । कलेज भर्ना भएँ । भाइलाई स्कुलमा भर्ना गरें । कुनै काम नगरी हुँदैनथ्यो ।
कलेज छाडेर म कामको खोजीमा निस्किन्थें । एक दिन महाराजगञ्जको एउटा मेनपावरमा काम पाएँ । महिनाको पाँच हजार तलबमा । रिसेप्सनको काम । काम खासै गाह्रो थिएन । दिनभरि बसिराख्ने । फोन, पत्र र केही खबर भित्र हाकिमलाई जानकारी गराउने । काम गाह्रो नभए पनि मेरो हाकिमको नजर ममाथि नै थियो ।
उसले मलाई बेलाबेला आफ्नो च्याम्बरमा बोलाएर जिस्काउँथ्यो । मेरा संवेदनशील अंगमा हात पुर्याउँथ्यो । मैले सहँदै आएँ । बिस्तारै–बिस्तारै उसले मलाई आफूसँग सुत्न बाध्य पार्यो । पैसाको लोभमा म पनि सुत्न राजी भएँ । तलब बढाउँछ कि भन्ने आशा थियो । तर उसले तलब पनि बढाएन, पैसा पनि दिएन । कहिलेकाहीं रेस्टुरेन्ट र होटलमा लगेर खाजा, खाना खुवाउँथ्यो । मैले कैयौँपटक तलब बढाउन भन्थें । उसले हुन्छ त भन्थ्यो, तर बढाइदिँदैनथ्यो । पाँच हजारले तलबले के हुन्थ्यो । मेरो अवस्था दिनदिनै बिग्रँदै गयो । आमासँग दिनरात झगडा हुन्थ्यो । अभाव र तनाव भएपछि घरमा सानोसानो कुरामा झगडा हुनथाल्यो । त्यसपछि म मेनपावरको काम छाडेर कोटेश्वरको एउटा डिमार्टमेन्ट स्टोरमा काम गर्न थालेँ ।
त्यहाँ महिनाको सात हजार दिन्थ्यो । दिउँसोको खाजा पनि । त्यहाँको मालिकको व्यवहार पनि मेनपावरकै मालिक जस्तो थियो । सधैं साँझमा मलाई कोठामा पुर्याइदिने भन्दै गाडीमा चढाउँथ्यो र र कुनै गेस्टहाउसमा लैजान्थ्यो । म उसलाई पनि उही आग्रह गर्थें, सर मेरो तलब बढाई दिनुपर्यो ।
‘यस्तो कोठामा बस्छौ तिमीहरु ?’ ‘रन्डीहरुको कोठा कस्तो हुन्छ भन्ने कुरा तपाईलाई सायद थाह छैन होला । सायद तपाई पहिलोपटक यस्तो काममा आउनुभएको होला ।’ मैले उसलाई कहिले तपाईं र कहिले तिमी भन्थें । ‘हो यो मेरो पहिलो अनुभव हो ।’ ‘त्यसो भए आज मजा हुने भयो है ?’ मैले हाँस्दै भनें । हुन्छ हुन्छ त भन्थ्यो तर बढाइदिएन । तर, उसले कहिलेकाहीँ दुई–चार भने त्यत्तिकै दिन्थ्यो । एक दिन भन्यो, ‘यति गर्न नपाए तिमीहरु जस्तो केटीहरुलाई किन जागिर दिने ?’ एक दिन अफिसबाट कोठामा जाँदा आमा हुनुहुन्नथ्यो । भाइ मात्रै थियो ।
मैले सोधे ‘आमा खोइ ।’ भाइले भन्यो, ‘म स्कुलबाट आउँदा हुनुहुन्नथ्यो । कोठा खुल्लै थियो ।’ आमा भरे वा रातिसम्म फर्कनुहोला भन्ने थियो ।
तर फर्कनुभएन । आमालाई खोज्दाखोज्दै दुई दिन बित्यो । मोबाइल पनि घरमै छाडेर जानुभएको थियो । आमा फर्कनु भएन । आमा कहाँ जानुभयो, केही पत्तो पाइएन । म डिपार्टमेन्ट स्टोरको जागिर छाडेर बानेश्वरको एक कम्युनिकेसन सेन्टरमा काम गर्न थालें । त्यहाँ फोन उठाउने र फोन गर्ने काम मात्र हुन्थ्यो । तलब आठ हजार थियो । आमा गईसकेपछि भाइको जिम्मेवारी झनै ममाथि आइहाल्यो । भाइलाई देखभालका लागि समय दिन नसक्ने समस्या आयो । अनि भाइलाई होस्टलमा राखें । तर आठ हजार तलबले कसरी पुर्याउने चिन्ता थपियो । तैपनि आँट गरें ।
बरु एक्ट्रा काम गर्नुपर्छ पनि गरौला भनि सोचेर अगाडि बढें । मैले यो कुरा आफू काम गर्ने ठाउँको साहुसमक्ष पनि राखें । उनले भने, ‘यहाँ त तबल बढाउन सकिँदैन तर अरु कुनै काम खोज दिन सकिन्छ ।’
त्यसपछि म दिनदिनै त्यही साहुसँग काम खोज्ने नाममा घुम्न थालें । कहिले कहाँ त कहिले कहाँ । कहिले फलानोसँग कुरा गरेको छु भोलि बोलाउँछ भन्थ्यो । कहिले फलानोलाई भनेको छु केही दिनमा बोलाउँछ भन्थ्यो । यसैगरी ऊ पनि मेरो शरीरसँग खेल्यो । भावनासँग खेलबाड गर्यो । कहिले गेस्ट हाउस, कहिले घरमै, कहिले मेरै कोठामै, कहिले पोखरा त कहिले चितवन लगेर मसँग रातदिन बिताउन थाल्यो । म आफ्नो जीवनबाट आजित भइसकेकी थिएँ । अब के गरौं के न गरौं जस्तो भएको थियो । भाइलाई भर्ना गर्ने दिन मालिकबाट तीन महिना पेस्की लिएकी थिएँ, त्यो पनि साहुको कृपाले होइन आफ्नो देह बेचेर ।
त्यही कम्युनिकेसन सेन्टरमा काम गर्ने एउटी बहिनीले मेरोबारे थाह पाएकी थिई । उसले एकदिन खाजा खाने बेला भनी, ‘बिना यहाँ काठमाडौं हामीलाई भोग्छन् मात्र, त्यसको बदलामा पीडा मात्र दिन्छन् । त्यसैले त्यसभन्दा अलि फरक सोच्नुस् । त्यतिकै पनि यी मालिक भनाउँदाहरु हाम्रो केही बाँकी राखेका छैनन् । आफ्नो भन्ने अब केही रहेनन् हामीसँग । अब यसैलाई प्रयोगमा ल्याउनुपर्छ र यी साला मालिकहरुबाटै रकम उठाउनुपर्छ । हामी सोझो भएर यिनीहरु हामीसँग खेल्छन् । र, पछि निकाल्छन् । यहाँ यस्ता थुप्र्रै ठाउँहरु छन् जहाँ केटीहरुलाई कल गरेर बोलाउँछन् ।
ठूलाठूला व्यक्तिहरु आउँछन् र एकरातको १० हजार २० हजार रुपैयाँ त्यत्तिकै दिएर जान्छन् । अहिले जवानी छ । सुन्दर छौ । कमाउने हो भने यतिबेला नै हो मौका । यस्तै गर्दागर्दै बुढी भयौ भने कोही पुछ्दैनन् । पछि यो आठ हजारको पनि जागिर पाउँदैनौ ।
त्यसैले अब आफूलाई बेच्नुपर्छ ।’ मलाई उसको कुरा राम्र्रै लाग्यो । उसैसँग लागेर कलगर्लको रुपमा काम गर्न थालें । त्यसपछि ठूला ठूला होटलवालाले राति बोलाउँथे । फाइभ स्टार, थ्री स्टार होटलहरुमा जान थालेँ । रातको १० हजारसम्मको आम्दानी हुन थाल्यो । दिनमा कम्युनिकेसन सेन्टरको काम र रातमा कल गर्लको काम । राम्रो दिनको सुरुवात त भयो । आर्थिक अवस्थाले कहिले मलाई जिस्काएनन् । तर, भित्रभित्रै आत्मग्लानी हुन्थ्यो । तर, आत्मग्लानी गरेर पनि के गर्ने । यो संसारमा भाइबाहेक अरु कोही पनि थिएन । तिमी पनि मलाई छाडेर नेपालगन्ज गईसकेपछि सोधखोज गरेनौ । म तिम्रो माया मारेर नै यो पेसामा लागेँ । दुई वर्षसम्म कल गर्लको रुपमा काम गरेँ ।
त्यसपछि बिस्तारै कल आउन छाड्यो । महिनामा एक–दुईजना बाहेक ग्राहक पाइनँ । त्यति बेलासम्म कम्युनिकेसन सेन्टरका जागिर पनि छाडिसकेको थिएँ ।
पछि बुझ्दै जाँदा मेरो जवानी ढल्किसकेको रे । ग्राहकहरुले मन पराउन छाडे रे । त्यही भएर फोन आउन कम भयो । बिस्तारै त फोनै आउन पनि बन्द भयो । अब कतै काम खोज्न जाँदा पनि काम पाउँदैनन् । पाँच हजार छ हजारको काम गर्न पनि मन मानेनन् । जहाँ लाखौँमा खेल्थे । अब पाँच हजारमा कसरी काम गर्ने भन्दै केही दिन काम गरिनँ । कमाएर बैंकमा राखेको पैसा खर्च गर्न थालेँ । भाइको पनि एसएलसी दिने बेला भयो । मेरो पनि ब्याचलर सकिने बेला भयो । भाइ त एसएलसी पास भयो तर म फेल भएँ, जीवनदेखि पनि ।
मलाई पैसा अभावसँगै शारीरिक भोकको आवश्यकता पनि महसुस हुन थाल्यो । म छटपटिन थालेँ । अब त बाटैमा जो पायो त्यसैलाई कोठामा उठाएर ल्याउँ जस्तो हुन थाल्यो । किन यस्तो भयो । एउटा साथीसँग सल्लाह लिँदा डाक्टरसँग सल्लाह गर्न भन्यो । तर, लाजले गर्दा म डाक्टर कहाँ नगईकन सडकमा ग्राहक खोज्न बाध्य भएँ । अलि अलि पैसा पनि हुने र आफ्नो शारिरीक भोक पनि मेटिने भएपछि मैले यही पेसालाई अँगाले । काठमाडौमा यो काम गर्नुपर्ने भएकाले भाइलाई भक्तपुरको एउटा कलेजमा नाम लेखाइदिएर उतै कोठा खोजेर राखें । ऊ ठूलो भइसक्यो अब ऊ एक्लै पनि बस्न सक्छ । तर दिपु मलाई थाह थिएन । तिमी मलाई यो अवस्थामा यसरी भेट्छौ भनेर ।
यति भनेपछि मेरो आँखाबाट आँसुको धारा बग्न थाल्यो । दिपुको आँखामा पनि डम्म आँसु आइसकेको थियो ।
‘दिपु तिमी किन यस्तो सडकछाप केटीहरुलाई खोज्न थाल्यौ त ?’ मैले सोधेँ । उसले भन्यो, ‘बिनु, मेरो कथा तिम्रोभन्दा कम दुःखदायी छैन । बुवा नेपालगन्ज गएपछि म त्यहीँको स्कुलमा पढेँ । एसएलसी दिँदासम्म त ठीकै थियो । एसएलसी दिइसकेपछि बुवाले पढ्नका लागि काठमाडौं पठाउनुभयो । यहाँ कलेजमा भर्ना भएँ । होस्टलमै बस्न थालेँ । बेलाबेलामा तिम्रो याद आए पनि झापा जान पाइनँ । पढेर, केही गरेर मात्र बिनुलाई भेट्छु र बिहे गर्छु भन्ने सोचेको थिएँ । मेरो पढाई चलिरहेकै बेला उता बुवाले अर्को बिहे गर्नुभयो । झापाकी मेरी आमालाई कुनै जानकारी नै नदिईकन,बिहे गर्नुभयो र आमासँग सम्पर्कविहीन हुनुभयो । बुवाले मलाई पनि सम्पर्क गर्न छाड्नुभयो । मैले सम्पर्क गर्दा पनि झर्कनुहुन्थ्यो । पैसा माग्दा पनि झर्कने र थोरै पैसा पठाउन थाल्नुभयो । पछि आमा त्यही शोकमा आत्महत्या गर्नुभयो ।
त्यसपछि त झन् झापा जाने इच्छा नै भएन । उता बुवा पनि मसँग बोल्न छाड्नुभयो । नम्बर परिवर्तन गर्नुभयो । एकपटक नेपालगन्ज जाँदा सानीआमाले गाली गर्नुभयो ।
बुवासँग भेट्न दिनुभएन । म रुँदै काठमार्डौ फर्कें । पढाइलेखाई सबै बीचमै रोकियो । कामको खोजीमा काठमाडौंमा भौँतारिन थालेँ । कहिले काठमाडौंको गल्लीगल्लीमा सामान बेचेँ । दिनको सयदेखि डेढ सयभन्दा बढी हुँदैनथ्यो । केही दिन त एउटा साथीसँग मिलेर बसपार्कमा कुलीको काम पनि गरेँ । अरुको समान बोकेर गेस्टहाउस तथा होटलसम्म पुर्याउने काम पनि गरेँ तर जीवन कहिले पनि स्थिर भएन । अहिले एउटा कम्पनीमा मार्केटिङमा काम पाएको छु । नौ हजार तलब छ । बजारबाट रकम उठाएको पनि कमिसन दिन्छ, महिनाको १०–११ हजारको उठाउँछु ।’ ‘अहिलेसम्म बिहे किन नगरेको त ?’ मैले सोधेँ । उसले भन्यो, ‘बुवाको अवस्था हेर्दा त बिहे नगरौँ जस्तो लाग्यो ।
कसैलाई श्रीमती बनाउने मनै भएन ।
एक त मैले तिमीलाई मन पराएको थिएँ । तिमी पनि भेटिएनौ, त्यसपछि बिहे गरेर घरजम गर्ने मोह नै टुट्यो । शारीरिक चाहना पूरा गर्न सडकका केटी खोज्ने र आफ्नो भोक मेटाउने भनेर खोज्दै जाँदा तिमीसँग भेट भयो ।’ यत्तिकैमा उज्यालो भयो । मैले भने, ‘दिपु अब के गर्ने ?’ ऊ केही बोलेन । बिहानको ६ बजिसकेको थियो । जेठ महिना, झ्यालको पर्दा हटाउँदा त घाम उदाइसकेको थियो । दिपुले हिँड्ने बेला भन्यो, ‘ल त बिनु म आज जान्छु । यस्तै रह्यो भने फेरि पनि भेट हुन्छ । खानाको कति पैसा भयो ?’ दिपुको मुखबाट यो कुरा सुन्दा मलाई निकै पीडा भयो, आजसम्म देह बेच्दा नभएको पीडा । आज दिपु यो अवस्थामा भेटिएको छ । मैले पैसा नलिने भनेँ । खल्तीबाट रुमाल झिकेर आँखाबाट झर्न लागेको आँसु पुछ्दै दिपुले तीन हजार रुपैयाँ मेरो सिरानीमा राखिदियो र मलाई नहेरी निस्क्यो । मैले झ्यालबाट उसलाई हेरिरहेँ ।
.


0 comments
Write Down Your Responses