ताप्लेजुङको सावादिन स्तिथ नाक्ला भिरबाट गएराती झरेको पहिरोले तमोर नदीकाे त्रास कायमै नजिकका बजार वस्ति अझै जोखिममा हेर्नुस भिडियो सहित
ताप्लेजुङ । ताप्लेजुङको सावादिन स्तिथ नाक्ला भिरबाट गएराती झरेको पहिरोले तमोर नदी थुनिएर नदीले धार परिवर्तन गरे पछि नदि आसपासका दुई बजार सहित एक बस्ति अझै जोखिममा रहेका छन् । नदी थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईमा पानी जमेर ताल भई धार परिवर्तन भएर बगेपछि तमोर किनारमा रहेका दुई वटा बजार दोभान र हान्दु्रङ साथै खोक्लिङ गाविसको थुम्बा बेसीको एउटा बस्ति जोखिममा परेको जिल्ला प्रहरी कार्यलय ताप्पलेजुङले जनाएको छ ।
यता नदि थुनिएर जोखिममा परेको नजिकैको मित्लुङ बजार भने खतरामुक्त भएको जनाईएको छ । नदिले धार परिवर्तन गरेर अकै भागबाट पानी बग्न थालेकाले जोखिममा नरहेको प्रहरीले बताएको छ । पहिरोले नदि थुनिए पछि मित्लुुङ बजारका स्थानीय आईतबार बिहान बजार छाडेर सुरक्षित स्थानतर्फ सरे पनि दिउँसो देखि पानीको सतह घटे सँगै घर फर्किएका छन् भने दोभान र हान्दु्रङका स्थानियलाई सतर्क रहन आग्रह गरिएको यँहाका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद भट्टराईले बताउनुभएको छ ।
नदि थुनिए पछि सावादिन एकका जीवन लाबुङको एउटा घर डुवेको छ भने उनकै एक हल गोरु पनि बगाएको प्रहरीले जनाएको छ । डुवानको समयमा घरमा मानिस नरहेकाले मानविय क्षति हुन पाएन । थुनिएको नदि खुलाउनका लागि दिउँसो पुगेको नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोली पुगे पनि खुलाउने उपाय नभएकाले त्यसै फर्किएका छन् । तत्काललाई ठुलो खतरा नरहेको भए पनि वर्षा भई अझै पहिरो खसेको अवस्थामा भने झनै खतरा हुने प्रहरीले बताएको छ । फोटो पनि छ ।


0 comments
Write Down Your Responses