आफनो छोरीको झुटो तस्बिर सार्वजनिक भएपछि रानीको यस्तो बयान पुरा पढ्नुस
सामाजिक संजालमा अहिले के सम्म हुँदैन । यही संजालका कारण बलिउड नायिका रानी मुखर्जीलाई पर्नु आपत्त पर्यो । सोमबार इन्स्ट्राग्रामबाट रानीकी छोरी भन्दै तस्बिर सार्वजनिक भयो । यो तस्बिर, यस्तो भाइरल भयो कि, अधिकांश भारतीय अनलाइन मिडियाले समाचार नै बनाए । ‘आइ एम रानी मुखर्जी’ नामको एकाउन्टबाट सार्वजनिक भएको पोष्टमा एक बालिका पिंक रंगको पहिरनमा थिइन् ।
रानीले छोरीलाई जन्म दिएपनि आजसम्म तस्बिर भने सार्वजनिक गरेकी छैनन् । छोरीको नाम आदिरा राखिएको छ । तस्बिर फेसबुक, ट्विटर र इन्स्ट्राग्राममा भाइरल बनेपछि यशराज फिल्मस्ले विज्ञप्ती नै निकालेको छ । विज्ञप्तीमा भनिएको छ-‘रानी मुखर्जी कुनै पनि सामाजिक संजालमा छैनन् ।
उनको नाममा थुप्रै फेक एकाउन्ट बनेका छन् । यसैले यिनलाई आधिकारीक नमान्न आग्रह गरिन्छ ।’ डिसेम्बर ९ मा रानीले आदिरालाई जन्म दिएकी थिइन् । तर, उनको छोरीको तस्बिर सार्वजनिक गरिएको छैन ।


0 comments
Write Down Your Responses