यी हुन् बुद्ध एयरको जहाज उडाउने नक्कली पाइलट यसरी परे प्रहरी फन्दामा पुरा पढ्नुस
काठमाडौं, १३ भदौ । जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वछन्द घले पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई चार दिनअघि पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो । घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर हुन् ।पक्राउ परेका दुवैविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ ।
सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलटविरुद्ध अप्रेसन ह्वाक अभियान चलाउँदै आएको छ । यसअघि सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलट विशाल कार्कीलाई तीन महिनाअघि पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि जेलमा छन् । कार्कीलाई पक्राउ गरेपछि एक दर्जनभन्दा धेरै पाइलटले राजीनामा दिइसकेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।


0 comments
Write Down Your Responses