फेरि भयो अर्को दुर्घटना रामेछापमा सुमो पल्टिँदा दश जना यात्रु घाइते

काठमाडौं, १३ भदौ । रामेटाप जिल्लाको खिम्तीस्थित खहरे खोलामा टाटा सुमो जिप दुर्घटना दश जना घाइते भएका छन् । आइतबार राति सवा ९ बजे रामेछापको खिम्ती– २ खहरे खोलामा खिम्तीबाट मन्थलीतर्फ जाँदै गरेको ना १ ज ४५ ५२ नम्बरको टाटा सुमो नियन्त्रण गुमाएर पल्टिँदा चालकसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
 घाइतेमध्ये चालक रामेछापकै तिल्पुङ– ५ का ३४ वर्षीय सञ्जय खड्काको अवस्था गम्भीर रहेको छ । खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा घाइते ९ जना यात्रुको तामाकोशी अस्पताल मन्थलीमा उपचार भैरहेको छ ।

, , ,

0 comments

Write Down Your Responses