आखिर मरेपछि पनि किन दुःख दिए चरीले ! पुरा पढ्नुस हेर्नुस

काठमाण्डु, २ भदौ– प्रहरी मुठभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को घटनाको प्रतिशोध साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापा उपर आक्रमण भएको खुलेको छ ।चरीको व्यवसायिक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको हो ।
 रोजलाई आक्रमण गर्ने दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानमा चरीको मुठभेडपछि फरार रहेका गुण्डा नाइकेको नाम बाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका दुवैले आक्रमणकारीलाई भारतमा बस्दै आएका जोधा भन्ने रत्नबहादुर लामाको निर्देशनमा घटना भएको बयान दिएका हुन् । महाशाखाका अनुसार जोधाकै योजनामा भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामाले दिनभर रोजको पिछागर्दै सोमबार मध्य बानेश्वरमा खुकुरी प्रहार गरेका हुन । प्रहरी हिरासतमा रहेका दुवै चरी समूहमा रहेका व्यक्ति हुन । 
चरीसँगै नयाँ बजार क्षेत्रमा सक्रिय दुबैलाई भारतको पश्चिम बंगाल सिलगुडीमा बस्दै आएका जोधाले आक्रमणका लागि रकम समेत उपलब्ध गराएको महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले रोज र जोधाकाबीचमा विगतमा रहेको कारोबारका कारण आक्रमण भएको अनुसन्धानमा देखिएको बताए । उनका अनुसार आक्रमणकारीलाई रोजको हत्या वा अंगभंगका लागि जोधाले ३० लाख रुपैयाँ दिने बाचा गरेको आक्रमणमा संलग्नले प्रहरीमा बयान दिएका छन ।
 प्रहरी अनुसन्धानमा जोधाले समूहका प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न खुलेको छ । चरी महाशाखाकै कारबाहीमा २०७१ साउन २१ मा मारिएपछि उनको समूह तितरबितर भएको थियो । नागरिक दैनिकबाट

, , ,

0 comments

Write Down Your Responses