कपनमा यसरी भयो युवतीहरूवीच यस्तो ग्याङ फाइट हेर्नुस भिडियो सहित

काठमाडौं ३ भदौ । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् । काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ । प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
 आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई मरणासन्न हुनेगरि कुटेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरुङ र मनता शाही तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो । प्रभागका इन्चार्ज फडिन्द्र रानाभाटका अनुसार कुटपिटमा संलग्न तीनैजना युवती साततलेमा रहेको पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँडडुल गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको हो । 
बुधबार साँझ तीनैजना पसलमा रहेका समय अस्मितालाई आउदै गरेको देखेपछि उनीहरुले फिल्मी शैलीमा अस्मितालाई कुटपिट गरेका थिए । कुटपिट गर्दा घाइते भएकी राईलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चावहिल लगिएकोमा अस्पतालले थप उपचारका लागि दीर्घायु अस्पताल मित्रपार्कमा रेफर गरेको थियो । अस्मिताको टाउकोमा चोट लागेको छ । प्रभागले बुधबार नियन्त्रणमा लिएका तीनैजना र घाइतेका परिवारको आपसी सहमतिमा बिहीबार घटना मेलमिलापमा टुङगाएको छ । प्रहरी निरीक्षक रानाभाटका अनुसार

, , ,

0 comments

Write Down Your Responses