नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापा यसो भन्छन यो पुस्ताले सम्झने गरी काम गर्छु
काठमाडौं । कृष्णप्रसाद सिटौला समूहबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका गगन थापाले शुक्रबार शपथ ग्रहण गरेलगत्तै आफ्नो कार्यभार सम्हालेका छन् । स्वास्थ्यमन्त्री बनेको पहिले दिन नै उनले यो पुस्ताले सम्झने गरी काम गर्ने प्रण गरेका छन् ।
मन्त्री थापा भन्छन्, ‘म अहिलेका युवा पुस्ताको लागि प्रेरणा बन्न चाहन्छु । म यो पुस्ताले सम्झने गरी काम गर्छु ।’
उनलाई स्वागत गर्नका लागि मन्त्रालय बाहिर निकै ठूलो भीडा थियो । उनलाई बधाई दिनेमा मन्त्रालयभन्दा बाहिरका शुभचिन्तक पनि उपस्थित थिए ।


0 comments
Write Down Your Responses