केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा लागेको एक महिने मेलामा एक करोड ६० लाख भेटी सङ्कलन एक पटक सबैले सियर गर्नुस र लाईक गर्नुस आफुले सोचेको काम पुरा हुनेछ
भक्तपुर,केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा लागेको एक महिने मेलामा रु एक करोड ६० लाख २२ हजार भेटी सङ्कलन भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित सो मन्दिरमा यही भदौ ६ गतेसम्म सञ्चालन भएको एक महिने साउने मेलामा रु १४ लाख खर्च भएको जानकारी मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले दिनुभयो ।
मेलामा एक दाताले रु १५ लाख मूल्य बराबरको एक रोपनी जग्गा दान गर्ने घोषणा पनि गर्नुभएको उहाँले बताउनुभयो ।वरिष्ठ उपाध्यक्ष किरण थापाका अनुसार, सुरुमा एक रोपनी जग्गा क्षेत्रफलमा फैलिएको डोलेश्वर महादेव मन्दिर क्षेत्र अहिले विभिन्न दाताबाट आएको दान एवम् खरिदबाट २५ रोपनी क्षेत्रफलमा फैलिएकोे छ ।
समितिले मन्दिर पुनःनिर्माणसँगै चौघेरा सत्तललगायतका विभिन्न भौतिक संरचनाको निर्माणका लागि हालसम्म करिब रु आठ करोड खर्च गरिसकेको उहाँले जानकारी दिनुभयो ।


0 comments
Write Down Your Responses