नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटना एकै घरकाे चारसहित सात जनाकाे मृत्यु हेर्नुस तस्बिरसहित
काठमाडौँ : गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ। दुर्घटनामा एकै घरको चारसहित सात जनाको मृत्यु भएको छ ।
गोरखा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ लगिदै थियो ।
हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू थिए ।
स्थानीय प्रत्यक्षदर्शी अनुसार हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको देखेको बताए । केहीबेरमै भीरमा ठोक्किएर आवाज र धुँवा आएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेको जानकारी दिए ।
हेलिकोप्टर अस्वभाविभक तरिकाले आकाशमा हल्लिएको र केहीबेरमै भीरमा ठोक्किएर ठूलो आवाज निस्केको प्रत्यक्षदर्शीले बताएका छन्।


0 comments
Write Down Your Responses