हेर्नुस तपाईहरुको अाजकाे राशिफल २०७३ श्रावण २५ गते मङ्गलबार

सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे श्रावण शुक्लपक्षको षष्ठी तिथि, बिहान ०६:०१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, चित्रा नक्षत्र, दिउँसो ११:०२ बजेसम्म, 
त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), शुभ योग, मध्यरात्रीपछि ०१:१० बजेसम्म, त्यसपछि शुक्ल योग, वणिज करण, साँझ ०७:०२ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : द्विपुष्कर बिहान ०६ बजेर ३८ मिनेटदेखि दिउँसो ११ बजेर २९ मिनेटसम्म, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
 भोलिको चाडपर्व र उत्सव : गोस्वामी तुलसीदास जयन्ती, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), पुरानो घर वा डेरा सर्ने, २७ गते : अष्टमी व्रत, गोरखकाली पूजा, यँल पञ्चदान, द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, २८ गते : युवानेता सुशील कोइरालाको जन्मदिन, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, पुराणश्रवण,

, ,

0 comments

Write Down Your Responses