मेहन्दी घरैमा बनाउन यसो गर्नुस् गाडा रातो कस्तो मन पर्छ तेस्तै मिल्छ पुरा पढ्नुस बनौनुस

साउन महिनाभरी हातमा मेहन्दी लगाउनु अहिले फेशन नै बनेको छ । त्यही फेशन अनुसार हातमा मेहन्दी लगाउन सजिलो होस् भनेर बजारमा अनेक किसिमका तयारी कोन मेहन्दी बेच्न राखिएको हुन्छ । त्यसमध्ये कतिपय मेहन्दी केमिकलयुक्त हुन्छ । केमिकलयुक्त मेहन्दीको प्रयोगले हातमा घाउ हुने, फोविशेषगरी, बजारमा कमिकलयुक्त मेहन्दीको विगविगी बढेसँगै यस्ता मेहन्दीबारे सचेत हुनु पर्ने बेला आएको छ । 
तर यस्ता मेहन्दी पहिले नै तयार पारेर राखिने हुँदा ती केमिकलयुक्त हुन् कि हैनन् भनेर छुट्याउन कठिन हुन्छ । यसबाट बच्न हामीले घरैमा बसेर पनि आफुले चाहे जस्तो कोन मेहेन्दी तयार पार्न सक्छौ । जुन किफायती हुनुका साथै केमिकलरहित हुन्छ । यसले रङ्ग पनि गाढा पार्छ मेहन्दी छान्ने तरीकाः बजारमा विभिन्न किसिमका मेहन्दी पाइन्छ । त्यसमध्ये धेरैले रुचाउने मेहन्दी भनेको रातो हो । बजारमा रातो रंग आउने धुलो मेहन्दी केमिकलयुक्त हुनसक्छ । त्यस्ता मेहन्दी केमिकलयुक्त भएमा छुनासाथ हातैमा रातो लाग्छ ।\
  त्यसैले जहिलेपनि मेहन्दी खरीद गर्दा सकेसम्म केमिकलरहित वा अर्गानिक मेहन्दी किन्नु उपयुक्त मानिन्छ । कोन मेहन्दी तयार पार्ने विधिः बजारमा पाइने केमिकलरहित धुलो मेहन्दी किनेर ल्याउने र एउटा कचौरामा हाल्ने । त्यसमा मसिनो पारेर पिसेको चिनी मिसाएर चलाउने । त्यसैमा कागती पनि निचर्ने (कागतीमा चिनीको धुलोलाई मिसाएर पनि मेहन्दीमा पनि हाल्न सकिन्छ) । त्यसरी बनाएको घोललाई एकदिन पुरै भिजाएर राख्ने । त्यसपछि अर्को दिन उक्त घोललाई मज्जाले फिटेर कोनमा हाली हातमा लगाउने । 
\ मेहन्दीको रङ गाढा गर्ने विधिः त्यसरी लगाएको मेहन्दीको रङ गाढा होस् भन्नाका हातमा बुट्टा भरिसकेपछि सुक्ने बेलामा मेहेन्दीमा तेल अथवा ल्वाङ्ग दल्ने । ल्वाङ्ग छैन भने घाटी दुख्दा, रुघा लाग्दा छातीमा लगाउने भिक्स पनि दल्न सकिन्छ । त्यसरी बनाएको मेहन्दीलाई कोनमा राखी एक हप्तासम्म प्रयोग गर्न सकिन्छ । अचेल मेहन्दीको कोनद्धारा हातमा साधारण खालको बुट्टा बनाउने चलन सुरु भएको छ । युट्युब तथा फेसबुकको माध्यमद्धारा त्यस्ता बुट्टा चित्र कोर्न जान्ने जो कसैले घरैमा बसेर पनि बनाउन सक्दछ ।का आउने संभावना पनि हुन्छ ।

, , , ,

0 comments

Write Down Your Responses