यसकारण पिउनुहुँदैन खाना खाएलगत्तै चिया खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ कम्तीमा एक घण्टापछिमात्र पिउनु राम्रो हुन्छ

चाहे बिहान होस् वा बेलुकी चिया मानिसको सरीरमा स्फूर्ति भर्ने पेयको रुपमा खपत हुँदै आएको छ । चियाको चुस्कीले दिनभरको सबै थकान मेटिदिने मात्र होइन हरेक बिहानलाई ताजगीपूर्ण बनाइदिने काम पनि गर्दछ । खानापछि चिया पिउने बानी धेरै मानिसको हुन्छ । कतिपयको भने खाली पेटमा वा खाना नखाँदै चिया पिउने बानी हुन्छ । विज्ञका अनुसार खाना खाइसकेपछि चिया खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
 खाने खाएलगत्तै चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । चियाको पत्तीमा अम्लीय गुण हुन्छ । जब यो खानामा रहेको प्रोटिनसँग मिल्दछ यसले प्रोटिनलाई क्षयिकृत गर्ने काम गर्दछ । जसका कारण प्रोटिनलाई पचाउने काममा बाधा उत्पन्न हुन्छ । यसको अर्को कारण पनि छ । चियामा क्याफाइन तत्व हुन्छ । जसले रक्तचापलाई बढाउँदछ । यसले सरीरमा कोर्टिसोल अर्थात स्टेरोइड हर्मोनको मात्रा पनि बढाइदिन्छ ।
 जसले सरीरमा अनेक प्रकारका समस्या उत्पन्न गरिदिन्छ । मुटुसँग सम्बन्धित समस्या देखि लिएर मधुमेह र वजन बढ्ने लगायतका समस्या यसमा सामेल हुन्छन् । त्यस्तै चियामा पोलिफेनोल्स तथा ट्यानिन्स जस्ता तत्व पनि पाइन्छन् । यसले खानामा रहेको आइरन तत्व सरीरलाई शोस्न दिँदैनन् । त्यसैले खासगरी आइरनको कमी रहेका वा हुने जोखिम रहेका महिलाहरुले खाना खाइसके लगत्तै भुलेर पनि चिया खानु हुँदेन । 
यदि तपाइँलाई खाना खाइसकेपछि चिया वा कफी नपिइ हुँदैन भने खाना खाइसकेको कम्तीमा एक घण्टापछि मात्र पिउनु राम्रो हुन्छ ।

, , , ,

0 comments

Write Down Your Responses