कस्तो होला यस्तो पापी छोरा आफ्नै जन्म दिने आमाको हत्या गरेर छोरा फरार
दमौलीः तनहुँ क्यामिन जौबारीमा आमाको हत्या गरी एक युवक फरार छन् । स्थानीय करिब ४२ वर्षका देवबहादुर नेपालीले आमालाई कुटपिट गरी शनिबार राती फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । कुटपिटपछि छोराले आमालाई लडाएपछि करिब ७५ बर्षीया आमा जुनकिरीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विजयराज पण्डितले बताए ।
केही दिनअघि श्रीमतीलाई समेत कुटपिट गरे पछि आमा र छोरा मात्र घरमा बस्दै आएका थिए । घटनालगत्तै फरार देवबहादुरको प्रहरीले खोजी गरिरहेको छ । सम्भावित स्थानमा उनको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए । घटनाको केही घण्टापछि आइतबार बिहानै घटनास्थलमा पुगेको प्रहरीले मृतक वृद्धाको शव दमौली अस्पताल ल्याएको छ ।


0 comments
Write Down Your Responses