यी हुन तपाईहरुलाई मेकअपका सामानले गर्ने असर ! पुरा थाहापाई राख्नुस पढ्नुस

दिन प्रतिदिन सौन्दर्य प्रति महिलाहरुको चासो बढ्दै गइरहेको छ । धेरै सौन्दर्य सामाग्रीकै प्रयोगले प्राकृतिक सौन्दर्य गुमाउने को संख्याहरु पनि प्रसस्तै छ । असर तत्काल नदेिखएला तर विभिन्न कार्यक्रम, विवाह,पार्टीमा जादा गरिने मेकपअले विस्तारै तपाईको छालामा असर गर्न पनि सक्छा । हामीले प्रयोग गर्दै आईरहेको मेकअपको सामानले के बाट बनाइएको हुन्छ त । ति सामानले हाम्रो स्वास्थ्यमा कस्तो असर गरेको हुन्छ यो विषयको बारेमा आज हामीले चर्चा गरेका छौ ।
 फाउन्डेसन मेकअप भन्दा पहिला अनुहारमा फाउन्डेसन लगाईन्छ । यो लगाए पछि अनुसार सोचेको भन्दा पनि ग्लोईगं देखिन्छ । यसले अनुहारमा एउटा तह सिर्जना गर्छ । अनुहारमा लामो समय सम्म राख्नु भयो
भने उल्टो समस्या देख्न थाल्छन् । छालामा अक्सिजन लिने साना—साना प्वालहरु फोन्डेसनले बन्द हुन्छ । त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्नसक्छ । फाउन्डेसनको बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन ।
 गाजल गाजलले अाँखाको सुन्दरतालाई बढाउँछ । तर हामी कमैले मात्र ख्याल गरेका छौ गाजलमा अधिक मात्रामा सिसा मिसाएको हुन्छ । यसका साथै गाजलमा ग्यालेना पिबिएस, मिनियम, अमरको कार्बन, म्याग्नेटाईट र जिनसाईट जस्ता तत्व मिलाइएको हुन्छ । दैनिक प्रयोगले यी सब कुरा आँखाको माध्यमबाट हाम्रो बडीसम्म पुग्छ । नतिजा, दिमाग र बोनम्यारोमा असर गर्नसक्छ । आइलाइनर आइलाइनर महिलाको आँखा ठूलो र सुन्दर आँखा बनाउनको लागि प्रयोग गरिरहेको हुन्छन् । परेलाको ठिक माथि लगाइने, यो आँखाका लागि हानिकारक समेत हुनसक्छ । आइलाइनर बनाउन प्रयोग हुने वेक्स, सिलकनलाई नेचुरल गमले टाँसेको हुन्छ । त्यसैले पानी वा पसिनाले बगाउँदैन । तर जस्तो पायो त्यस्तै आईलाइनरले आँखा रातो बनाउने, चिलाउने र आँखाबाट लगातार पानी आउने जस्ता समस्या देखिन सक्छन् । लिपिस्टिक लिपिस्टिक लगाएर ओठलाई सुन्दर बनाउनेको संख्या सबै भन्दा धेरै पाईन्छ ।
 विभिन्न प्रकारका लिपस्टिक बजारमा आईरहेका छन् । तर राम्रो खालको लिपस्टिक परेन भने असर गर्नसक्छ । रंगीविरंगी लिपिस्टिकमा धेरै मात्रामा शिशा पाईन्छ जुन स्वास्थ्यका लागि हानिकारक छ । थोरै—थोरै मात्रा पेटमा जाँदा विस्तारै कुनै न कुनै रोग निम्त्याउन सक्छ । कतिपय अवस्थामा लिपस्टिकमा मिसाइएका केमिकल्स बाहिरी वातावरणमा मिसिएर रिएक्सन समेत गर्ने गर्छन ।

, , ,

0 comments

Write Down Your Responses