मकालु एअरलाइन्सको पाइलट र को पाइलट नदीमा हामफालेर दुर्घटना बाट यसरी बाँचे

हुम्ला, साउन २० । हुम्लाको राउते रानामा विहीबार  ‘नाइन एनएकेसी’ कलसाइन भएको सिंगल इन्जिन विमान ‘फोर्स ल्यान्डिङ’ गरिएको छ । विहीबार अपराह्न ३ बजेर ४० मिनेटमा हुम्लाको सिमीकोटबाट सुर्खेतका लागि उडेको विमानमा उडेको पाँच मिनेटमै इन्जिनमा खराबी आएपछि कर्णाली नदीमा फोर्स ल्यान्डिङ गरिएको हो ।
 विमान नदीले बगाएको छ । विमानमा सवार पाइलट सांगे लामा र को–पाइलट प्रशान्त शाह भने नदीमा हामफालेर बाँच्न सफल भएका छन् । विमानमा दुईजनामात्र सवार थिए । सामान्य घाइते अवस्थामा दुबैजनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । दुबैजनालाई थप उपचारको लागि सिम्रिक एअरको हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ । उक्त विमान सुर्खेतबाट कार्गो लिएर सिमीकोट आएर फेरि सुर्खेत नै फर्कंदै थियो । घटनास्थल हुम्लाको सिमीकोट गाविस र खार्पुनाथ गाविसको सीमाना रहेको छ ।

, , ,

0 comments

Write Down Your Responses