छाती नदुखिकन नै हुनसक्छ महिलामा ह्रदयघात यसरी जोगिनुस् पुरा पढ्नुस जनिराख्नुस
काठमाडौं, प्रायःजसो पुरुषहरु ह््रदयघातका कारण मर्ने गरेको सुनिएपनि पछिल्लो समयमा भने महिलाहरुमा समते हर्ट अट्याक अर्थात् ह््रदयघातको समस्या बढेको छ ।
खासगरी शहरीकरणको असर र त्यसले परिवर्तन गरेको जीवनशैलीका कारण महिलाहरुमा यो समस्या बढेर गएको अध्ययनहरुले देखाएका छन् । अमेरिकामा रहेको सेन्टर फर वुमेन हेल्थकी अनुसन्धानकर्ता निका गोल्डबर्कका अनुसार, अहिले अमेरिकामा अधिकांश महिलाहरुमा समस्या देखिने भएको छ ।
‘
छातीमाथि ठूलो भारी बर्सिएजस्तो पीडा महिला र पुरुष दुबैले अनुभूति गरे पनि महिलाहरुमा छाती नदेर पनि ह््रदयाघात हुन सक्ने उनीहरुको दावी छ । पुरुषको तुलनामा महिलाहरुमा श्वास फेर्न कठिनाई हुन्छ,, तल्लो छाती वा माथिल्लो पेटमा पीडा हुन्छ, आँखा धमिलो हुन्छ र शरिर धान्नै नसक्नेगरी कमजोर महशुस गर्छन् । हर्टअट्याकका केही लक्षणहरु सक्षम भए पनि त्यसको परिणाम भने घातक हुने गर्छ ।
यो अनुसन्धान केन्दले जनाए अनुसार, हर्टअट्याकले महिलालाई हरेक ४३ सेकेन्डमा मुटुमा झड्का दिने गर्छ ९हिर्काउछ० । मुटुका मांशपेशीलाई अक्सिजन बोकेर लगेको रक्त प्रबाह रोकियो वा पूर्ण रुपमा अबरोध भयो भने हर्टअट्याक हुन्छ । मुटुमा रगत प्रवाह गर्ने मुटुका धमनी मोटेपन, कोलेस्ट्रोल र अन्य कारणले साँघुरिदै गएमा पनि हर्टअट्याक हुन्छ ।
महिलामा लक्षणहरु
सहन नसकिने गरी तनाव बढ्नु
एक दुई मिनेटदेखि हाइ आउनु र छातीको बीचमा दुखाई
एउटा या दुवै पाखुरामा सामान्य लाग्ने दुखाई, शरिरको पछाडि, घाँटी र पेटमा पीडा हुनु
चिट–चिट पसिना आउनु, वाकवाकी लाग्नु र धमिलो देख्नु
यसरी जोगिन सकिन्छ
नियमित मुटु परीक्षण गर्ने
जीवन शैली परिवर्तन गर्ने
्धुमपान त्याग्ने
नियमित व्यायाम गर्ने
चिल्लो पिरो नखाने
तौल घटाउने


0 comments
Write Down Your Responses