काभ्रेमा भएको बस दुर्घटनामा बाँच्न सफल ज्वारलाल तामाङको बयान यस्तो छ उकालो चढ्दै गरेको बस एक्कासी ब्याक भयो सबैले एक पटक पुरा पढ्नुस
काभ्रे– काभ्रेको कोशीपारी पर्ने विर्तादेउराली–७ खहरेखोला नजिकै सोमबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।काठमाडौंबाट काभ्रेको कोशीपारी कात्तिके देउराली जाँदै गरेको बा२ख १०६ नम्बरको उक्त बसमा यात्रारत थिए मादनकुडारी–१ का ज्वारलाल तामाङ । दुर्घटनामा ठूलो मानविय क्षति हुँदा उनी बाँच्न सफल भए ।
छतमा यात्रारत उनले बस एकाएक भीरबाट खस्न लागेपछि हाम्फाल्न भ्याउँदा बाँच्न सफल भएको सुनाएः
बस दुर्घटनाको बयान उनकै शब्दमा
मेरा घर काभ्रेको मादनकुडारी–१ मा पर्छ । कामको सिलसिलामा केहि वर्षयता काठमाडौंमा बस्दै आएको छु । घरमा काम भएकाले बिहानै भाई बुहारी र भतिजासहित पुरानो बसपार्कमा गाडी चढेर यता लागेको हुँ ।
बिहान ६ बजे बसपार्कबाट कोशीपारीको देउरालीको लागि छुटेको बसमा बसपार्कबाट छुटुन्जेल धेरै यात्रु थिइनन् । बीचबाटोमा मान्छे थपिँदै जाँदा बसभित्र पूरै खचाखच मान्छे थिए । निकै भीडभाड हुँदा बसमा खपिनसक्नुको गर्मी भएपछि शितल हुने भएर म भतिजोलाई लिएर छतमा गए । म जानुअघि नै छतमा ८–१० जना गइसकेका रहेछन् । पछि थपिने क्रम जारी रह्यो । अप्ठ्यारो बाटोमा बस ओभर लोड भइसकेको थियो भने निकै विस्तारै बस हाकिएको थियो ।
जब बस काभ्रेको कोशीपारी पर्ने बिर्ता देउरालीको उकालो चढ्दै थियो–बसलाई उकालो चढ्नै मुस्किल परिरहेको थियो ।एक नम्बर गेयरमा चलाइएको बस उकालोको बीचतिर पुग्दै लाग्दा एकाएक ‘ब्याक’ (पछाडि) हट्यो । त्यहीबीचमा ड्राइभरले सहचालकलाई पछाडिको चक्कामा ढुंगा हालेर अड्याउन भनेपछि हतारहतार सहचालकले ढुंगा त हाले तर त्यसले थेग्न नसकेपछि बस भीरतर्फ मोडियो । बस खस्न लागेको थाहा पाएपछि म छतबाट हामफालेर बाँच्न सफल भएँ । भतिजो पनि हामफालेछ ।
उ घाइते भएको छ । तर बसभित्र भाइबुहारी पनि थिइन् । उनको अवस्था अहिलेसम्म थाहा पाउन सकेको छैन। बस डाँडामा पुग्नै लाग्दा भीरबाट करीब ४ सय मिटर तल पुगेको छ । २० जनाजतिको लाश मैले नै देखेको छु । बुहारीलाई भेटेको छैन, खोजिरहेको छु ।


0 comments
Write Down Your Responses