फेरी अर्को खुसीको खबर नेपालले नेदरल्याण्ड्सलाई दियो २१८ रनको लक्ष्य हेर्नुस पुरा

३१ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्ससामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो । 
 नेपालले ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरे । खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । 
विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २-२ विकेट लिएका छन् ।

, ,

0 comments

Write Down Your Responses