कतै तपाई र तपाइको आफन्तजन कुनै छुट्नु भयो कि यदी छुट्नु भूकम्पपीडितका लागि नयाँ ट्याक्सीको आवेदन दिने म्याद भदौ ५ सम्म थप

काठमाडौं । यातायात व्यवस्था बिभागले नयाँ ट्याक्सीका लागि आवेदन दिने म्याद भदौ ५ गतेसम्मका लागि थप गरेको छ । यसअघि भदौ २ गतेसम्मका लागि तोकिएको म्याद थप ३ दिन बढाएको हो ।दुई दिन लगातार सार्वजनिक विदा परेकाले पनि म्याद थप गरिएको विभागले जनाएको छ । सरकारले भूकम्पपीडित जिल्लाका मानिसलाई स्वरोजगार बनाउने भन्दै साउन ५ गतेदेखि नयाँ ट्याक्सी दर्ताका लागि आवेदन खुलाएको थियो । एक महिना सम्म समय दिएकाले नयाँ ट्याक्सीका लागि आवेदन दिनेको संख्या पनि उल्लेख्य रहेको छ । यातायात व्यवस्था बिभागका प्रवक्ता बसन्त अधिकारीका अनुसार भदौ १ गतेसम्म ट्याक्सी दर्ताका लागि एक लाख १६ हजारले आवेदन दिएका छन् । यो संख्या ५ गतेसम्ममा अझै बढ्ने छ । सरकारले भने आवेदन परेका मध्येवाट एक हजार ५ सय नयाँ ट्याक्सीको नम्बर वितरण गर्ने छ । संख्या धेरै भएकाले बिभागले गोलाप्रथाद्वारा नम्वर वितरण गर्ने जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses