हेर्नुस तपाईहरुको आजको राशिफल कस्तो छ २०७३ भाद्र ०४ गते शनिबार
वि.सं. २०७३ भाद्र ०४ गते शनिबार तदनुसार ई. सं. २०१६ अगस्ट २० तारिख सौम्य नामक संवत्सर, शाके १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, गुँलागा काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:२७ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे
भाद्रपद कृष्णपक्षको द्वितीया तिथि, दिउँसो १२:२०
बजेसम्म, त्यसपछि तृतीया तिथि,
पूर्वाभाद्रा नक्षत्र, मध्यरात्रीपूर्व ११:१७ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, साँझ ०५:३५ बजेसम्म, त्यसपछि मीन राशिमा,
सुकर्मा योग, साँझ ०५:५३ बजेसम्म, त्यसपछि धृति योग,
गर करण, दिउँसो १२:२० बजेसम्म त्यसपछि वणिज करण,
आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण,
आजको चाडपर्व र उत्सव :
रोपाइँ जात्रा, दथुसाया यलमतया, त्रिपुष्कर दिनको १२ बजेर १५ मिनेटसम्म
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको मूहुर्त : अग्निवास होमादि दैलो राख्ने,
०६ गते : डोलेश्वर उत्सव, रुद्राभिषेक रुद्रीपूजा दैलो राख्ने,
०७ गते : विरुढा पञ्चमी, डाँछीको कोलमती घाटमा स्नान, शिक्षाविद् जयपृथ्वीबहादुरको जन्मदिन, रुद्राभिषेक रुद्रीपूजा अग्निवास होमादि


0 comments
Write Down Your Responses