त्रिशुलीमा भएको दुर्घटनामा बाँचेका राजेश यसो भन्छन टाढाबाट टर्च बालेर हेर्दै फर्कदै गर्ने धेरै देखेँ’

पाँच जना परिवारसँगै पोखरा जान रौतहटबाट बस चढेका थियौँ । मेरो घर भारतको सितामाडी हो । पोखराको दुलेगौंडामा सामान्य किराना पसल चलाउदै आएको छु । रौतहटको गौरबाट श्रीमति सुगन्धी, २ वर्षको छोरो आकाश, ४ वर्षकी छोरी श्वेता र सालो राकेश रौतहटबाट पोखरा जान ५ वजे बस चढेका थियौं । हामी चढेर आएको बस बाटोमा ठाँउ ठाँउमा रोकेको थियो ।
 हेटौडामा १० बोरा तरकारी राखेको थियो, त्यसपछि गाडी अगाडि वढ्यो । रातको समय भएका कारण निन्द्रा लाग्यो । वसमै म पनि निदाएँ । वस घरक्क गरेको सम्म मात्र याद छ । अन्दाजी रातको तिन वजेको थियो होला । बोल्न सक्ने अवस्थामा थिइँन । यता उता छामे बसका छत जस्तो लाग्यो । बस दुर्घटना भएर त्रिशुली नदीमा खसेको वल्ल थाहा पाए । वस पानीमा डुव्दै गयो । मैले वसको डण्डी समाएर वसेको थिए । म नदिको पानीले पुरै भिजेको थिएँ । शरीरमा चोट लागेका कारण दुखेको थियो बचाउ भन्दै कराँए । सुन्ने कोही थिएन । टाढा सडकबाट टर्च बालेर हेर्नेहरु देखेको थिएँ । म र परिवार बसको बीच भागको सिटमा वसेका थियौ । वस पल्टिएपछि पानीमा खस्दा छतमा परेछु ।
 केही समय पछि वल्ल प्रहरीले मलाई निकाले । सँगै यात्रा गरिरहेका छोराछोरी श्रीमती कहाँ थिए थाहा पाइनँ । अहिले पनि सँगै यात्रा गरेका परिवारको अवस्था वुझन सकेको छैन । कहाँ छन् थाहा छैन । श्रीमती छोराछोरीलाई यही अस्पतालमा ल्याएको डाक्टरले बताएका छन् । सालोको अवस्था के छ थाहा पाउन सकेको छैन ।खुट्टा र हातमा चोट लागेको छ । कतै घाउ भएको छ भने कतै ठोक्किएर दुखेको छ । यात्राको वेला निदाएको थिउँ । कसरी दुर्घटना भयो थाहा भएन । निन्द्रावाट विउझिँदा पानीमा रहेकोले के के भयो भन्न सक्ने अवस्था भएन । अहिले आफु भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराई रहेकोछु ।

, , ,

0 comments

Write Down Your Responses