महिनावारी हुँदा खेरि आफ्नो श्रीमती प्रेमिकालाई यी खानेकुरा खुवाउनुस् कम हुनेछ दुखाई जनिराख्नुस

महिनावारीको क्रममा महिलाहरुलाई दुखाईका साथै थुप्रै प्रकारको शारिरिक र मानसिक समस्या झेल्नुपर्ने हुन्छ । यदि यी दिनहरुमा खानेकुरामा ख्याल राख्ने हो भने यी समस्याबाट बच्न सकिन्छ । महिनावारी भएका बेला के खानुपर्छ वा श्रीमती र प्रेमिकालाई कस्तो खानेकुरा ख्वाउनुपर्छ भन्ने बारे यहाँ जानकारी दिइएको छ । १. चकलेटः चकलेटमा म्याग्नेसियम र एन्र्डोफिन्सका साथै क्याफिन र आइरन पाइन्छ । यसले दुखाईबाट राहत प्रदान गर्दछ, मूड राम्रो हुन्छ र ऊर्जा मिल्दछ ।
 २. ग्रीन टीः यो पिउँदा रक्त संचार पेल्भिक एरियातर्फ हुन्छ । यसले मासंपेशीलाई आराम दिनुका साथै दुखाई कम गर्छ । ३. मेवाः मेवामा क्यारोटिन, आइरन, क्याल्सियम र भिटामिन पाइन्छ जसले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय राख्छ । ४. केराः यसमा पोटासियम, म्याग्नेसियमका साथै मेलाटोनिनजस्ता मिनरल्स पाइन्छ जसले मूड ठिक गर्दछ । यसका साथै दुखाई कम हुन्छ भने राम्रो निन्द्रा लाग्न सहयोग गर्दछ । ५. तातो दुधः यसमा पाइने क्याल्सियम र मिनरल्सका साथै आइरनले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ भने रगतको कमीलाई पनि टाढा राख्दछ । ६. ड्राई फ्रुट र बदामः यसमा क्याल्सियम हुन्छ र यसले मासंपेशीलाई आराम प्रदान गरी दुखाईबाट राहत प्रदान गर्दछ । यसले प्रोबायोटिक्स डाइजेसन राम्रो राख्दछ ।
 ७. हरियो सागसब्जीः पालुङ्गो, मेथी, ब्रोकोली, बन्दाजस्ता तरकारीमा आइरन, म्याग्नेसियमजस्ता मिनरल्स र प्रचर मात्रामा भिटामिन पाइन्छ । यसले कमजोरी र रगतको कमीलाई टाढा राख्छ । ८. दहीः यसमा क्याल्सियम हुन्छ र मांसपेशीलाई आरम प्रदान गरी दुखाईबाट राहत प्रदान गर्दछ । यसले पनि प्रोबायोटिक्स डाइजेसन राम्रो गर्दछ । ९. एलोभेरा जूसः एक चम्चा एलोभेरा जूसमा एक चम्चा मह र पानी मिसाएर पिउँदा दुखाई, कमजोरी र उच्च रक्तश्रावबाट राहत मिल्छ । १०. तुलसीः यसमा पाइने एन्टी इन्फ्लामेटरी तत्वले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ । पानीमा ६÷७ तुलसीको पात उमालेर त्यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् । ११. आलसः यसमा ओमेजा थ्री फ्याटी एसिड पाइन्छ । भुटेको आलसलाई ब्रेकफास्टमा खाँदा महिनावारीको दुखाई टाढा भाग्छ । १२. पाइन एप्पलः यसमा ब्रोमलेन नामक एन्जाइम हुन्छ जसले मांसपेशीलाई आराम दिलाउँछ र दुखाईबाट राहत प्रदान गर्दछ ।
 १३. अदुवाः यसमा पाइने एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लामेटरी तत्वले दुखाई र कमजोरी टाढा राख्छ । पानीमा अदुवा मिसाएर त्यसमा मह हालेर चिया जस्तै पिउनुहोस् । १४. अण्डाः अण्डामा प्रोटिन पाइन्छ । यसले महिनावारी हुँदा शरिरलाई चाहिने ऊर्जा प्रदान गर्दछ । १५. माछाः यसमा ओमेगा थ्री फ्याटी एसिड पाइन्छ । महिनावारीको क्रममा हुने दुखाईबाट राहत प्रदान गर्दछ ।

, , , ,

0 comments

Write Down Your Responses