यो भन्दा अरु दुख त के नै चाहियो भाउजू मन दह्रो पार्नुस् दाजुको शव बुझेर आउँदै छु | बलराम भन्छन् म कति अभागी रै छु हेर्नुस भिडियो सहित

दुई महिनाअघि साउदी अरबको अस्पतालको बेडबाट बलराम सुनुवारले मलेसियामा रहेका भाइ टीकारामलाई फोनमा भनेका थिए, ‘भाइ, अब तँसँग बोल्न पाउँदिनँ होला । बाँचे भने फर्केर आउनेछु । भाउजू र छोराछोरीको ख्याल गरेस् । जे भने पनि अब तँ नै होस् ।
 त्यसरी भाइलाई सम्झाएको दुई महिना पनि नपुग्दै बुधबार राति साउदी अरबको अल जिदानी अस्पतालमा ३१ वर्षीय बलरामको मृत्यु भयो । रोजगारीका लागि उनी १९ महिनाअघि साउदी अरब पुगेका थिए । उनका भाइ टीकाराम दुई वर्षअघि मलेसिया आएका थिए । 
 दाजु अस्पतालमा पुगेपछि घर चलाउन गाह्रो भयो । घर सम्हाल्नको लागि भन्दै नेपाल फर्कने तयारी गर्दागर्दै दाजुको मृत्युको खबर टीकारामले क्वालालम्पुरमा सुने । त्यसयता उनी भावविह्वल भएर भौंतारिरहेका छन् ।

, ,

0 comments

Write Down Your Responses