हेर्नुस तपाईहरुको आजको राशिफल २०७३ आश्विन ०१ गते शनिबार
वि.सं. २०७३ आश्विन ०१ गते शनिबार तदनुसार ई. सं. २०१६ सेप्टेम्बर १७ तारिख सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :— ११३६, (ञलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०५ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त :
साँझ ०६:११ बजे
आश्विन कृष्णपक्षको प्रतिपदा तिथि, बेलुका १०:५३ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
पूर्वाभाद्रा नक्षत्र, बिहान ०७:२३ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),
गण्ड योग, मध्यरात्रीपूर्व ११:३९ बजेसम्म, त्यसपछि बृद्धि योग,
तैतिल करण, बेलुका १०:५३ बजेसम्म त्यसपछि गर करण,
आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण,
आजको चाडपर्व र उत्सव :
आश्विन संक्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस, सोह्रश्राद्ध प्रारम्भ, सोह्रश्राद्ध अन्तर्गत प्रतिपदा श्राद्ध पुञ्चली भूजा
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : सोह्रश्राद्ध अन्तर्गत द्वितीया श्राद्ध
०३ गते : सोह्रश्राद्ध अन्तर्गत तृतीया श्राद्ध, गातिला, अन्नप्राशन(पास्नी),
०४ गते : सोह्रश्राद्ध अन्तर्गत चतुर्थी श्राद्ध, मंगल चतुर्थी व्रत, इन्द्रध्वज पातन, नानीचाँया


0 comments
Write Down Your Responses