अब बैदेशिक रोजगारीमा हुनेलाई आयो खुसीको खबर नेपाल सरकारले घटायो पासपोर्टमा लिदै आएको शुल्क

काठमाडौं १७ भदौ | सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरूमा रहेका नेपालीहरूलार्इ राहदानी शुल्क घटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको हो । 
 यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए । त्यसलाई घटाएर ५० डलर कायम गरिएको हो । वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना

, ,

0 comments

Write Down Your Responses